News Portal

  • पलाताका विद्यालयमा मार्सल आर्ट करांते खेल शुरु

    धनकर्ण वि.क२८ पौष
    २९६ पटक
    २८ पौष

    कालीकोट । प्रदेश खेलकुद समितिले जिल्लाका माध्यामिक विद्यालयमा मार्सल आर्ट कराते ज्ञाम शुरु गरिएको छ।  गोजुरीयो कराँते कालीकटको पहल तथा कर्नाली प्रदेश खेलकुद विकास समितिको समन्वय र  कालीकोट जिल्ला खेलकुद विकास समितिले स्वयंम सेवक प्रशिक्षक नियुक्त गरी पलाता गाउ पालिकाको पुलाह माविमा रहेका विद्यार्थीलाई कराँत खेल शुरु गरेको हो।

    उक्त विद्यालयमा  अन्तर्राष्टिय खेलाडी तथा रेफ्रि गुरु प्रेमसिंह तिरुवालाई खटाइएको छ । त्यसका साथै पलाताका प्रशिक्षक सर्जन बुढा सहितको उपस्थितिमा नियमित प्रशिक्षण शुरु गरिने भएको बताइएको छ ।  कालीकोट जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट खेलमा बढि भन्दा बढि सहभागिताका लागि  नौ वटै स्थानीय तहमा रहेका प्रत्येक माविमा पुगेर मार्सल आर्ट करातेको उद्घाटन गर्न स्वयंमसेवक प्रशिक्षक खटाइएको बताएको छ ।

    कराँते खेल प्रति चासो राख्ने सबैलाई नियमित प्रशिक्षणमा सहभागी कसरी गराउने भन्ने विषय चुनौतिका रुपमा देखिएको भएपनि स्थानिय सरकारले चासो दिएमा अभियान सफल हुने प्रशिक्षक प्रेम तिरुवाको भनाइ  छ ।

    विगतका वर्षहरुमा मार्सलार्टलाई कालिकोट जिल्ला रनिङ्ग सिल्डमा समावेश नगरिएको हुँदा पनि यो खेल प्रति खेलाडीहरु उदासिन देखिएका थियो भने यस वर्षको पालिका र जिल्ला स्तर हुने रनिङ् सिल्डमा मार्सल आर्ट खेललाई समावेश गरिए पश्चात खेलाडीहरू सक्रिए हुन थालेका छन् ।

    आउने वर्षको रनिङ्ग सिल्डमा प्रत्येक पालीकाबाट खेलाडीहरु छनोट हुने र मार्सल आर्ट चेम्पियनका लागि भिड्ने बातावरण वनाइ रहेको प्रशिक्षक तिरुवाले बताए ।

    प्रशिक्षक तिरुवाका अनुसार  पलाँता, पचालझरना, रास्कोट र सान्नित्रिवेणीमा रहेका माविहरुमा विहानि प्राथाना समयमा विद्यार्थीहरुलाई कराँते खेल शुरु गरिने बताइएको छ। खेल प्रति उत्साह जगाउनका लागि प्रत्येक विद्यालयमा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ।

    कराँते खेल प्रति चासो देखिए पनि भौगोलिक अवस्था र सरकारको उदासिनताका कारण आवश्यक व्यवस्था गर्न कठीनाई रहेको पलाँता प्रशिक्षक सर्जन बुढाले दुखेसो गरेका छन ।उनले भने व्याप्त समस्याको बावजुद कराँते महासंघ नेपालले पलाँता डोजो सञ्चालनको अनुमति दिएको करिब ६ महिना विति सके पछि पलाँता डोरीमा २६ जना खेलाडीहरू नियमित प्रशिक्षण लिइ रहेकाे बताइएको छ ।

    प्रतिकृया दिनुहोस्