प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधी जेशिकालाई

7
SHARES
15
VIEWS

भरतपुर। चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी एपिएफकी जेशिका गुरुङ्गले  हात पारेकी छन ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ एपिएफकी जेशिका गुरुङ्गले जितको निरन्तरतालाई कायम राखेकी छिन् । हालै सिरहाको गोलबजारमा सम्पन्न १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै उपाधी जितेकी उनले यस प्रतियोगितामा पनि रशिला माथि जित निकालिन् । जेशिकाले जित निकाल्ने क्रममा २१।१८, १७।२१, २१।१७ ले रशिलालाई पन्छाएकी थिईन् ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे । यसैगरि बिजयी सवैले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगल तर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी बिजयी भयो । फाईनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१।११, २१।१५ ले पराजित गर्दै आफ्नो साख जोगाए । करिव ४० लाख लागत रहेको प्रतियोगितामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८ । ८ हजार प्राप्त गरे ।

सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा बिजयी भएका छन् । महर्जन र लिनथेपको जोडीले फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१।१५, २१।१९ ले पराजित गर्दै राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बिच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् । बिजयी खेलाडीहरुले ५० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी खेलाडीहरुले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७ । ७ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका सदस्य जीवन गिरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य चन्द्र बदना राईले पुरस्कार वितरण गरे ।

ब्वाईज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१।१७, २१।१६ ले पराजित गर्दै उपाधी उचाले । गल्र्स तर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधी कब्जा गरिन् । उनले कैलालीकी प्राथना देउवालाई २१।१५, २१।१० ले पराजित गरिन् । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५ । ५ हजार प्राप्त गरे । यसका साथै खेलाडीहरुले मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यस्तै ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी चुमे । चौधरी र श्रेष्ठको जोडीले बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी लाई १२।२१, २१।१५, २१।१४ ले पराजित गरे । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५ । ५ हजार प्राप्त गरे ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले बिजय पाए । होना र कपालीको जोडीले कैलालीका बिरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१।१३, २१।१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५ । ५ हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई राखेप सदस्य चन्द्र बदना राई, पूर्व राखेप सदस्य हरकसिंह धामी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष जी नारायण क्षेत्री, सदस्य जीवन गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित