अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)द्धारा विश्वका ६३ वटा चलचित्र छनोट

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि विभिन्न ३१ वटा देशका ६३ वटा चलचित्र छनोट गरेको छ ।

५२ वटा देशबाट ४५० वटा चलचित्र प्राप्त भए पनि ६३ वटालाई महोत्सवमा प्रदर्शन गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आन्तरिक छनोट समितिले दिएको अंकका आधारमा उच्च अंक प्राप्त गर्ने चलचित्रहरूमध्येबाट ३१ देशका ६३ वटा चलचित्रलाई चौथो नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट गरेको बताइएको छ ।

कोरोना महामारीका कारण विभिन्न सिमितताले गर्दा सबै देशका सबै राम्रा चलचित्र छान्न वा प्रदर्शन गर्न सम्भव नहुने भन्दै आयोजकले कोरोना महामारीको समयमा पनि विश्वास गरेर चलचित्र पठाउने संसारभरका चलचित्रकर्मीप्रति आभार प्रकट गरेको छ ।

पूर्वनिर्धारित मिति भएकाले छानिएका चलचित्रको नामावली सार्वजनिक गर्नैपर्ने बाध्यताका कारण सो प्रतिस्पर्धाका लागि नेपाली फिचर फिल्म फाइनल नागरिकन अरु प्रतिस्पर्धाका लागि छनोट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

त्यसै गरी केही विशेष, उत्कृष्ट र विषय प्रधान चलचित्रहरू पनि प्राप्त भएकाले तिनलाई अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित