सरकार हुनु त पचालझरना जस्तो होस,जांदाजादै जनतामा समीक्षा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को नेतृत्वमा रहेको पचालझरना सरकारले ५ वर्षका काम कारबाहीको समीक्षा तथा सार्वजनिक सुनुवाइ शुरु गरेको छ ।
गाउँ पालिकाका सबै वडामा जनप्रतिनिधि सहितका सरोकारवालाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ संगै समीक्षा कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा आफुले गरेका कामको विवरणको समुदायलाई जानकारी दिने र गर्न नसकेका कामको बारेमा जनतालाइ स्पष्ट पार्ने काम भएको पचालझरना उपाध्यक्ष तारा न्यौपानेले बताउनु भएको छ ।
वहाँले भन्नू भयो चुनाव ताका हामिले यसो त्यसो गर्ने छौँ भनेर सुझाव माग्यौं अहिले हामिले गरेका कामको प्रगति र गर्न नसकेका कामको बारेमा आगामी दिनमा पूरा गर्ने प्रतिबद्धता समेत गरेको बताउदै जनतामा लोकप्रिय काम गर्ने पचालझरना रहेको दाबी गर्नु भयो ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ६ बाट शुरु गरेको समीक्षा तथा सार्वजनिक सुनुवाइमा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले आगामी स्थानीय निर्वाचनमा पनि माओवाद केन्द्रको जित हुने ठोकुवा गर्दै बाकी रहेका काम पूरा गर्ने बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ६ र ७ मा सार्वजनिक सुनुवाइ भएको अन्य वडामा सम्पन्न गर्दै २० गते भित्र पालिका स्तरमा समीक्षा गर्ने र सबै जनप्रतिनिधिले राजिनामा दिने अध्यक्ष सेजुवालले बताउनु भएको छ । समुदायमा जिम्मेवारी लिदा प्रतिबद्धता र जांदा समीक्षा गर्न शुरु गरेकाले पचालझरना जस्तो काम र जिम्मेवारी पूरा गरेकाले सरकार हुनु त पचालझरनाका जस्तो हुनु पर्छ र अन्य पालिकाले नितिबिधिका बारेमा पचालझरना बाट सिक्नु पर्ने  समुदायले बताएका छ्न ।सार्वजनिक सुनुवाइमा कृषि,शिक्षा,पशु शाखाका प्रमुखका साथै कार्यकारी प्रमुख बिरेन्द्र बमको समेत सहभागिता रहेको प्रबक्ता अनरुप रोकायाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित