पचालझरनाका सबै वडामा योजना तर्जुमा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । आगामी वर्षको योजनाका लागि पचाझरनाले वडा स्तरमा योजना तर्जुमा शुरु गरेको छ । आगामी वर्ष २०७८/२०७९को लागि प्रत्येक वडामा योजना तर्जुमा शुरु गरेको छ ।पचालझरना ८ का अध्यक्ष जैराम टमट्टाले एक सुचना जारी गर्दै पहिलो चरणमा टोल स्तरका भेला आयोजना गर्ने र त्यसपछि वडा स्त्रका योजना तर्जुमा गर्ने बताइएको छ ।त्यसको लागी आज बसेको पचालझरना गाउँ पालिकाको दोस्रो बैठकले विभिन्न समिती गठन गरेको छ ।
जस अन्तरगत सामाजिक बिकास समिती संयोजक अनरुप रोकाया(अरुण),पुर्बाआधार बिकास समिती  संयोजक ललिजङ शाही(परिवर्तन),आर्थिक बिकास समिती संयोजक करबिरे कामी रहेका छन भने वन बाताबरण तथा बिपद ब्याबस्थापन समिती संयोजकमा  कल बहादुर ऐडि रहेको गाउँ पालिकाका प्रबक्ता प्रभुजन संज्यालले बताए । उनका अनुसार सुसासन तथा सस्थागत बिकास समिती संयोजक प्रभुजन सन्ज्याल रहेका छ्न ।
त्यसै गरेर पचालझरना गाउँ पालिकाको स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा तयारी बैठक सम्पन्न गरेको बताइएको छ ।आजै गाउँ पालिकाले  बहुक्षेत्रिय पोषण योजना अन्तरगत पालिका स्तरिय खाद्य सुरक्षा निर्देशक समिति समेत गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित