News Portal

  • राहात सामाग्रि सहित भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्रि दाहाल

    गएरातिको भुकम्पले एक सय बढीको ज्यान गयो

    कर्नालीसंचार संवाददाता१८ कात्तिक
    १८८ पटक
    १८ कात्तिक

    कालीकोट । गएराती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र विन्दु भएर आएको ६ .४ म्याग्निच्युटको  भुकम्प प्रभावित जाजरकोट लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माननिय उर्जा, जलश्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेत र मा.पुर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको छ।

    सुर्खेत र काठमाडौबाट हेलिकप्टर र स्काई ट्रक तथा नेपाल एयरलाइन्सको जहाज स्वास्थ्यकर्मी र सामाग्रीसहित प्रभावित क्षेत्रमा पुगेको बताइएको छ। भुकम्पले घर भत्काउदा च्यापिएर जाजरकोटको  नलगाड नगरपालिका की उपमेयर सरिता सिंहको दुःखद निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सिंह बसेको घर भत्किँदा उनको निधन भएको हो ।

    उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा सिंह नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । पछिल्लो खवर अनुसार जाजरकोटमा ८७ र रुकुम पश्चिममा ३६ गरी एक सय २३ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्या स्थानमा के कति क्षेति भयो भन्ने बारेमा एकिन भने हुन सकेको छैन् ।

    यस अघि गोर्खाको वारपाक केन्द्रविन्दु भएको ७.८ म्याग्निच्युटको भुकम्प गएको थियो ।

    प्रतिकृया दिनुहोस्