रास्कोटले सार्वनजनिक सुनुवाइ गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्ने भएको छ । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को साउन देखि हाल सम्म गरेका कामकार्वाहीको बारेमा आम नागरिकलाई जानकारीका लागि सार्वजनिक सुनुवाई गरिने बताइएको छ ।

रास्कोट नगर पालिकाको पारदर्शिता र शुसासनका लागि चैत्र १७ गते सार्वजनिक सुनुवाई गरिने भएको रास्कोट नगर पालिकाले जनाएको छ । यस अघि पलांता गाउँ पालिका,पचालझरना गाउँ पालिका र नरहनिराथ गाउँ पालिका लगाएतका सार्वजनिक सुनुवाई गरिसकेका छन ।

गएको वर्ष जिल्लाका पलांता,पचालझरना,सान्नित्रिवेणि गाउँ पालिकाले सार्वजनिक सुनुवाई गरेपनि अन्य पालिकाले भने सार्वजनिक सुनुवाइ भने गरेका थिएनन ।
हरेक सरकारी निकायले तिन तिन महिनामा आफुले गरेका कामकार्वाहीको जानकारी गराउनु पर्ने मान्यता रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित