पशु काटमार गरे गाउँ पालिकाले तीस हजार जरिवाना गर्ने

7
SHARES
15
VIEWS

हुम्ला । जिल्लामा पशु हिंसा व्यापक हुन थाले पछि क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाका वडाहरुमा पशु हिंसा गर्न गराउन लगाएमा जरिवाना गरिने भएको छ ।

यस गाँउ पालिकामा पशु हिंसा गरेको पाइएमा तीस हजार जरिवाना हुने भएको गाउँ पालिकाले जनाएको छ । गाउँ पालिकाका अनुसार उक्त व्यक्तिलाई सामाजिक बहिष्कार गरिने समेत भएको छ ।
यो गुम्बामा विभिन्न प्रकारका पूजाआजाका साथै धार्मिक प्रवचन पनि हुने भएकाले विभिन्न प्रकारका सत्मार्गका आन्तरिक र बाह्य काम गर्न गराउन सहयोग पुगेको केर्मी गाउँका शिक्षक कर्णबहादुर लामाको स्वीकारोक्ति रहेको छ । उनको अनुभवमा यो गुम्बाले मानवीय र सामाजिक उद्धारका शिक्षाहरु दिने भएकाले गाउँपालिका स्थानीयहरु प्रत्यक्ष रुपमा काटमार कम गर्दै गएको छ ।

केही वर्ष अघि यही गुम्बाको अगुवाई र निर्देशनमा गाउँ गाउँमा भएका भरुवा बन्दुक नास गर्ने अभियान शुरु हुँदा गाउँमा अवैध शिकार खेल्ने र खेलाउने काम बन्द भएको हो । यसले गर्दा वन्यजन्तु संरक्षणमा सकरात्मक काम भएको जानकारी नाम्खा गाउँपालिका खालोई गाउँका तोप्चेन लामाले दिए ।

यो गाउँपालिकाको नाम्खा ख्योमजोङ गुम्बा याल्वांग र गाउँपालिकाको समन्वयमा अबदेखि यो गापाभित्र कुनै पनि प्रकारको घरेलु तथा वनेलु पशुवस्तु मारकाट गरे गराएमा तीस हजार नगद जरिवाना सहित सामाजिक बहिष्कार गर्ने गराउने निर्णय भएको जानकारी नाम्खा गाउँपालिकाले दिएको छ ।

पछिल्लो समय जनजाति तथा अन्य समुदायले नेपालको कानुनी संहितामा सुधार र संशोधन गरेर पशुवध गर्ने प्रावधान थप्नु पर्ने माग आइरहेको बेला नाम्खा गाउँपालिकाले हिंसा रहित समाजको निर्माणका लागि उल्लेख निर्णय गर्नु सकरात्मक कुरा भएको स्थानीय जानकारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित