दुर्घटनामा क्रिकेटर ललित भण्डारी सहित दुई जना घाइते

7
SHARES
15
VIEWS

कञ्चनपुर ।  मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी सहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा तीव्र गतिका बलर भण्डारी र करण ठगुन्ना छन्।

आइतबार बेलुकी ७ बजे शुक्लाफाँटा नगरपालिका-१० झलरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिएसपी अमर बहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको स्कुटर महेन्द्रनगरबाट पूर्वतर्फ जाँदै थियो। सोही बेला विपरीत दिशाबाट आएको से १ ख १३२४ नम्बरको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।

डिएसपी थापाका अनुसार भण्डारीको हात, कम्मर र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम भएको र ठगुन्नाको सामान्य रहेको डिएसपी थापाले बताए।

उनीहरू दुवैलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल उपचार भइरहेको छ । ।

प्रहरीले स्कुटर र मिनिट्रक नियन्त्रणमा लिएको छ। मिनिट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित