बाल गायकका रुपमा चिनिन सफल एक लोक भाका,देउडा पारखि झलक नामले स्थापित गर्न रुचाउने कालीकोटको पचाझरना गाउँ पालिका वडा न. २ खयरकोटमा जन्मिएका रमेश कठायत झलक पछिल्लो समयमा लोकभाका तथा देउडा अडियो तथा भिडियो गित प्रस्तुत गर्दै आएका छन । जिवनमा साहित्य क्षेत्रमा फरकपन कायम गर्न आफु लागि परेको बताउदै आएका छन । उनले अहिले सम्म ६ वटा म्युजिक अडियो तथा भिडियोहरु बजारमा ल्याएका छन । साहित्य क्षेत्रमा लाग्नुमा कस्को प्रभाव आएको हो ।सोका बारेमा साहित्य क्षेत्रका कुराकानिका लागि कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले गरेको संक्षिप्त कुराकानि :-
—साहित्य क्षेत्रमा कसरी प्रभावित हुनु भयो र कसरी प्रवेश गर्नु भयो ?
सबै भन्दा पहिला यस कर्नालि संचार अनलाइनलाई हार्दिक धन्यावाद छ । म शुरुमा आमा बुवाबाट प्रभावित भएर साहित्य क्षेत्रमा प्रवेश गरेको हुं । बुवाले गाउँमा न्याउले खेल खेल्ने अनि आमाले पनि खेल्ने के हो भन्ने उत्सुक्ता जाग्यो त्यस पछि सुर्खेत पढ्ने क्रममा टुटेफुटेका गित गाउन चलन उहिले बाल्यकालमा थियो । त्यसै गरी अग्रज कलाकारहरु संग भेट भयो । आफै रचना गरियो गित गाउने एलबम निकाल्ने पहल भएको हो । मैले अग्रज कलाकार दाइ टंक तिमेल्सेना संग भेट भएपछि साहित्य क्षेत्रमा हाम फालेर लाग्ने सोच बनाएको हुं ।अहिले मैले साहित्य तथा सांगितिक क्षेत्रमा प्रवेश मात्र गरेको छु अझै भित्रबाट अध्ययन गर्न पाएको छैन । एउटा सिकारु कलाकार भएका कारण हरेक क्षेत्रको विश्लेषण गर्दै सांगितिक क्षेत्रमा पाइला अगाडी बढाउने प्रयास गरेको छु ।
—के कति गित बजारमा ल्याउने काम भयो र त्यसको लगानि कहांबाट व्यवस्थापन भइरहेको छ त ?
मैले अहिले सम्म ६ वटा गित बजारमा ल्याएको छु अझै २ वटा गितको तयारी गरेको छु । मैले २०७३ सालमा पहिलो पटक संसार जागे छ भन्ने पहिलो गित कलाकार पदमपुरा सेजुवाल र मेरो स्वरमा बाहिर ल्याएको हुं ।त्यस गितले त्यति स्थान पाएन् । निकालेका गितहरुमा कर्नालिको लोक संस्कृतिको जगेर्ना गर्नु हो । मैले पहिलो गित गाउँदा कसैले पनि पत्याएनन । घर देखि गाउँ सम्म सबैले होच्याए के गर्न सक्ला र भन्ने भयो । घरबाट खर्च मागेर गित निकाल्न सफल भएको हुं ।गितहरुमा मेरा सर्जकहरुले लगानि गर्नु भएको छ । अहिले पछिल्लो समयमा युटयुव च्यानल संचालन गरेको छु गितहरु अपलोड गरेको छु । विभिन्न निकायबाट सहयोग भएको छ । जे होस खाने मुखलाई जुंगाले छेक्दैन भन्ने भनाइ लागु भएको छ ।
—सांगिकित क्षेत्रमा यहाँ सम्म आउदा के के चुनौति आइपरे त ?
मैले धेरै दुःख पाए यहाँ सम्म कि होटेलमा वइटरको काम समेत गरेको हुं । काठमाडौ जस्तो ठाउँमा मेरो केही लागेन कसरी कमाउने भन्दा पनि कलाकार संग समन्वय गरेर आफुमा भएको कला बाहिर कसरी ल्याउने मात्र धोका थिाये । गाउँमा गाइने बादिको रुपमा पनि हेरियो अहिले मलाई घरबाट मेरो पहिलो धोको भनेको गित गाउने हो त्यो पुरा गर्ने समय जुर्यो । त्यसबाट मैले धेरै कुरा सिकेको छु । अब आउने चुनौति नभइ अवसर मात्र देखेको छु ।
— अहिले सम्म बाहिर ल्याएका गितहरु मध्ये आफुलाई कुन गित मन परेको जस्तो लाग्छ ?
आफुले गाएका गितहरु त सबै आफुलाई मन पर्ने नै भैहाल्यो त्यति मध्येबाट मलाइ मन परेको गित भनेको बाढिपिडितबाट मृतकहरुको सम्झनामा आशु झर्छ भन्ने बोलको गित आफैमा उत्साहका साथ मनमा खुशि छाएको हो त्यस पछि अर्काे गित भनेका मेरो होत कोइ जालिया भन्ने मोर्डन गित गाएको थिए । अलि सामाजिक रुपमा प्रभाव कायम गरेको छ । मैले पहिलो गित १.संसार जागे छ , २.रेशम के सरी डिजे गित,३.हुड्क्यौलि गित कर्नालि आइजाय ४.मिर्मिरे उशाको लालि ५.प्रकृतिको झल्को पचालझरना अग्ला शिर र ६. मृतकको सम्झनामा आशु झर्छ गित बाहिर ल्याउन सफल भएको र अर्काे गित एरेन्ज भएको छ छिट्टै बाहिर आउने तयारीमा छ ।
—सांगितिक क्षेत्रमा अबको सोच के के छ ?
म लागेको सांगितिक क्षेत्रमा मैले फरक पन दिन्छु कर्नालिको लोकभाकालाई उजागर गर्न र संरक्षणका लागि निरन्तर लागि पर्ने छु । विगतका दुःख कष्टलाइ विर्सेर अगाडी बढ्ने प्रण गरेको छु । साहित्य क्षेत्रमा आफ्नो भिन्न पहिचान कायम गर्ने सोच लिएको छु । अहिले देउडा तथा लोक भाकामा मैले मेरो रोजाइ राखेको छु ।सबै क्षेत्रको साथ सहयोग रहेको छ अझै रहने छ । मेरो सांगितिक क्षेत्रको गुरु टंक तिमेल्सेना, रेखा जैसि लगाएतका अग्रज कलाकारहरुको साथ सहयोग भएको छ निरन्तर रुपमा साथ पाउने आशा लिएको छु । पश्चिमको पहिचान भनेको लोक भाका हो त्यसको प्रभाव हराउन थालेको छ । यसको संरक्षण गर्नु हामी सबैको दायित्व रहने छ । त्यस भित्र पनि साहित्य क्षेत्रका अग्रजहरुको भुमिकाले स्थान पाउने छ । स्थानिय सरकारले पनि त्यसमा विशेष ध्यान दिन जरुरी रहने छ ।
Discussion about this post