काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।
विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्यको रुपमा छन । सञ्चार तथा सुचना प्रविधीमन्त्री पार्वत गुरुङले दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको वातावरण बनेकोले वार्ता हुने भएको जानकारी दिए ।
यसअघि नै विप्लव समूहले पनि तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।
Discussion about this post