नायिका प्रियंकाले न्युयोर्कमा रेष्टुरेन्ट खोलिन्

7
SHARES
15
VIEWS

न्युर्योक । नायिका प्रियंका चोपडाले अमेरिकामा रेस्टुरेन्ट खोलेकी छिन् ।

न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी हुन् । उनले भारतीय रेष्टुरेन्ट खोलेकी छिन् । नायिकाले सोसल मिडियामा आफ्नो यो रेष्टुरेन्टबाट जानकारी साझा गरेकी छिन् ।

प्रियंका लेख्छिन्, ‘म तपाईंहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु ।

सोना यो महिनाको अन्त्यमसम्म खोलिनेछ र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन ।

यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित