News Portal

  • एएसडिपिले सुधार गर्दै कालीकोटका कृषकको जिवन

    रुपेन्द्र ऐडी ३ पौष
    १०९३ पटक
     ३ पौष

    कालीकोट । खाँडाचक्र २,गैरागाउँमा रहेको गैरागाउँमा बेमौसमी तरकारी मुल्य श्रृङखला विकास कार्यक्रमले सार्थकता पाएको छ। तरकारी उत्पादन कृषक समूह र कृषि क्षेत्र विकास कार्यक्रम(एएसडिपि) विच साझेदारीमा  ५० प्रतिशत सह लगानीबाट सञ्चालन भएको कार्यक्रमले कृषकहरुमा उत्साह आएको छ ।
    कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि)को  ५० प्रतिशतले २९ जनामा ४० हजारका दरले हनु आउने ११ लाख ६० हजार  र समुहको ५०प्रतिशतले हुन आउने ११ लाख ६०हजार गरेर २३ लाख २० हजारमा कृषि खेति शुरु भएको  एएसडिपिका कृषि प्राविधिक अनिपाल ऐडीले बताए । उनका अनुसार  कृषक स्वँयमले ५०प्रतिशत सह लगानी गरेकाले हाल कृषकहरु तरकारी खेति तर्फ आकर्षित भएका छन । गैरागाउँमा कार्यक्रम सञ्चालन भएको केहि महिनामै सिचाइ कुलो निर्माण भएकाले कृषकहरूको खेतबारीमा सिचाइ समस्या पनि टरेकोमा कृषकहरु खुशि भएका छन ।

    कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत गैरागाउँमा अप्सरा विष्टले तरकारी खेति गरेर आफुले विगतको तुलनामा अहिले आम्दानि लिन सफल भएको बताएकी छन । उनले आफुले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाट उठाउन शुरु गरेको बताइन ।

    त्यसै गरी दाहाँको नैनलदेव कृषक समुहका भिम कार्कीले कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत कृषि खेति गर्नुका साथै कृषि विकास बैंक संग विनाधितो ऋण ल्याएर अटो संचालनमा ल्याएका छन । उनले तरकारी बोक्नका लाग सहज भएको बताउदै गाउँको चर्काे ऋण लिनु भन्दा एएसडिपिले सहकार्य गरेर कृषि विकास बैंक मार्फत कर्जा पाएको बताए ।

    हाल कृषक समूह र तरकारी बिक्रीवितरण गर्ने व्यापारी बिच(वि टु वि लिंकेज)को दोहोरो सम्झौता गरेकाले हाल सोहि अनुसार व्यापारीले भने बमोजिम कृषकले तरकारी खेती गर्ने र कृषकको बारिमा उत्पादित तरकारी व्यापारी आफै घरखेत मै पुगेर खरिद गरेर लिने गरेकाले  त्यहाँका किसानहरू व्यावसायिक तरकारी खेती गर्न तिर केन्द्रित भएका छन ।
    कृषि क्षेत्र विकास कार्यक्रम(एएसडिपि) संघिय कृषि तथा पशुपंछि विकास मन्त्रालय अन्तर्गतको (२०१९ देखि २०२५) सम्मको ६ वर्षे कार्यक्रम रहेकाले कृषकहरुलाई तरकारी खेतिमा मात्र नभई एएसडिपिले पशुपालन कृषकहरुलाई समेत सहयोग गर्दै आएको छ । अहिले कृषि क्षेत्र विकास कार्यक्रमले कर्णाली प्रदेशका १० वटै जिल्लामा सञ्चालित रहेको छ ।

    यस कार्यक्रमले जम्मा १३ वटा मुल्य श्रृङखलामा काम गर्दै आएको बताइएको छ । हाल कालिकोट जिल्लामा खाँडाचक्र,राष्कोट र तिलागुफा नगरपालिकामा कार्यक्रम संचालित रहेको छ । जिल्लाको खाँडाचक्र नगरपालिकामा आ.व. २०७७—०७८ मा मात्र बेमौसमी तरकारी मुल्य श्रृङखला अन्तर्गत ११ वटा कृषक समुहका ३सय३ घरधुरीले थोपा सिचाइ सहितको प्लास्टिक टनेल , बीउ , जैविक विषादीका साथै प्रत्येक समुहमा सिचाइ पोखरी समेत पाएका छन भने दुग्ध मुल्य श्रृङखला विकास कार्यक्रम अन्तर्गत ४ वटा भैसिपान गर्ने कृषक समुहका ९६ कृषक सदस्यले १ —१ रोपनि बराबर उन्नत जातको घाँस खेति , घाँस काट्ने मेशिन र  भैसिको गोठ सुधार तथा प्रत्येक समुहमा १—१ वटा नश्ल सुधारका लागि उन्नत जातको राँगो समेत दिइएको छ । एएसडिपिको दुग्ध मुल्य श्रृङखला विकास कार्यक्रमले गर्दा जिल्लामा रहेको हिमचुलि डेरी उधोगमा दुधको मात्रा बढेको बताइएको छ।

    यस कार्यक्रमले मुल्य श्रृङखला विकास कार्यक्रमका साथै प्रत्येक समुहको महिलाको पोषण सुरक्षाका लागि पोषण बगैचा निर्माण र कृषि व्यावसाय गर्ने महिलाको क्षमता विकासका लागि ४० दिने वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा समेत सञ्चालन गरेको कृषि प्राविधिक ऐडीले बताएका छन  ।
    कृषि क्षेत्र विकास कार्यक्रमले मुल्य श्रृङखला विकास कार्यक्रमका साथै सामुदायिक तथा सार्वजनिक रुपमा प्रयोग हुने बाटो,पुल लगाएतका भौतिक संरचनामा समेत निर्माण  गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्