News Portal

  • सहकारी नैतिक ब्यबसाय हो -सहकारी बैंक प्रमुख गुरागांइ

    रुपेन्द्र ऐडी७ बैशाख
    २०५ पटक
    ७ बैशाख

    कालिकोट । रास्ट्रीय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद गुरागांंइले सहकारी नैतिक ब्यबसाय भएकाले अरु बित्तिय संस्था जस्तो नभएको बताएका छ्न । हिमचुली कृषि सहकारी संस्था लि.को रणनीतिक योजना तर्जुमा गोष्ठीको सहजीकरण गर्दै उक्त कुरा बताएका हुन ।
    देशको एक मात्र सहकारीहरुको बैंकले देशभर बित्तीय सेवा दिनुका साथै सहकारी अभियानलाइ अघि बढ्न दुरदराजका सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताएका छ्न ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागांइले कालिकोटमा हिमचुली कृषि सहकारी संस्था लिमिटेडले जिल्ला भर कार्यक्षेत्र १५ हजार सदस्यमा बित्तीय सेवा तथा गैरबित्तिय कारोबार गर्दै आएकोमा खुशी ब्यक्त गरेका छ्न ।
    गुरागांइले अब हिमचुली सहकारी जिल्लामा मात्र केन्द्रित नभइ रास्ट्रीय स्तरको पहुंच कायम गर्ने आशा लिएको बताए ।सो गोष्ठीमा सहभागी नरहरिनाथ सेवा कार्यालय ब्यबस्थापक पुस्प उपाध्याय र लेखापाल जमुना आचार्यले रणनीतिक योजना संस्थागत र ब्यक्तिगत रुपमा लागू गर्नु पर्ने र सहकारीलाई मेरो आफ्नै घर हो भन्ने भावाना राख्नु पर्ने प्रतिक्रिया दिएका थिए ।
    हिमचुली कृषि सहकारी संस्था लि.ले १० वर्षे रणनीतिक योजना (२०८१-२०९०) निर्माण गर्न ७ सदस्यीय तयारी समिती बनाएको छ ।

    हिमचुली सहकारी संस्थाले कालिकोटमा बहु आयमिक कारोबार गर्दै आएको र आगामी १० वर्षे रणनीतिक योजना बनाइ सके पछि थप प्रगती हुने संस्थाका अध्यक्ष काली बहादुर महताराले बताए ।
    हाल संस्थाका जिल्लाभर १५ हजार सदस्य,११ वटा सेवा कार्यलय,बित्तिय तथा गैरबित्तिय कारोबार गर्दै आएको संस्थाका अध्यक्ष महताराले बताएका छ्न।

    प्रतिकृया दिनुहोस्