लथालिंग संगठनको एकता र जनसेवक पार्टी बनाउनु मेरो उम्मेद्धारी हुने छ– नेता बम

7
SHARES
15
VIEWS

राजनैतिक क्षेत्रमा लामो समय अनुभव भएका तर कुनै पनि अवसरका लागि मरिहत्ते नगर्ने मध्येका नेपालि कांग्रेसका एक त्यागि नेताका रुपमा लिन सकिने जिल्लाको दुर्गम मानिने क्षेत्र पचालझरना वडा न. ४ राम्नाकोट निवासि मोतिराज बमको यति वेला राजनैतिक क्षेत्रमा सक्रियता देखिन थालेको छ । लामो समय जिल्ला बाहिर बस्दै आएको बमले अब जिल्लामा बसेर जनताका लागि कुर्वानि गर्ने अभिव्यक्ति दिएका छन ।नेपालि कांगे्रेसका महासमिति सदस्य तथा लेखक संघका केन्द्रिय सदस्य समेत रहनु भएको बम राजनैतिक शास्त्रमा स्नात्तोकत्तर गरेका छन । उनले आउदो  चौंधौ महाधिवेशनमा नेपालि कांग्रेस कालीकोटको पार्टी सभापतिको लागि दावि गरेका छन । उनि संग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको संक्षिप्त अन्तरवार्ता यहां प्रस्तुत गरिएको छ ।
–तपाई लामो समय जिल्ला बाहिर रहनु भयो ?यति बेला निकै सक्रिय रुपमा जिल्लाका ग्रामिण क्षेत्रमा खट्नु भएको छ यसलाई कालीकोट बासिले कसरी बुझ्ने ?
सर्व प्रथम कर्नालि संचारलाई धन्यावाद । हो म लामो समय जिल्ला भन्दा बाहिर(काठमाडौं) बसे राजनैतिक जिवनमा केन्द्रमा बस्ने अवसर मिल्यो । त्यहाँ बस्दा राजनैतिक गर्नुका साथै साहत्यि क्षेत्रमा अनुभव हांसिल गर्ने अवसर मिल्यो । मेरा दिनहरु कहिले जिल्ला त कहिले केन्द्रमा विते । मलाइ लाग्छ राजनैतिक क्षेत्रमा केन्द्रमा बसेर जनताका कामहरुमा मैले सहयोग गरे । लेखनका क्षेत्रमा ५।६ वटा पुस्तक समेत लेखे । त्यसका साथै अहिले सम्म नेपालि कांग्रेसमा काम गरियो ।विगतमा आएका ठुला अवसरहरुलाई त्याग गरेर आउने काम भयो अब जिल्लामा बसेर राजनैतिक गर्ने सोचमा रहेको छु आउने महाधिवेशनमा कालीकोटबाट पार्टी सभापतिको लागि दावि गरेको छु । यसमा पार्टी भित्र हाम्रा आ आफ्ना टिम(समुह) छन । त्यस भित्रबाट म हाम्रो (देउवा) संस्थापन पक्षको समुहबाट कालीकोटमा सभापति लड्ने हो । यसमा सबैले साथ दिनुहुने छ भन्ने आशा र विश्वास लिएको छु ।
–तपाई यो बेला किन पार्टी सभापतिमा दावि गर्नु भयो र जित्ने आधारहरु के के छन ?
म यति वेला राजनैतिक क्षेत्रमा लामो अनुभव भयो । राजनैतिक लगानि छ । मेरो समुहमा म भन्दा २ जना वरिष्ठ नेताहरु हुनुहुन्छ वहाँहरुले जिल्लामा हैन कि माथिल्लो निकायमा ताक्ने हो । यस अघि पार्टीलाई भ¥याङ र पदलाई मागि खाने भांडो बनाइयो साथै स्थानिय निर्वाचनमा पनि सफलता पाएनौ । मैले भनेको पार्टी भित्रका युवा(भुपेन्द्र,नारायाण र हर्ष )हरुलाई सम्झाउछु भनेको छु मान्नु हुन्छ होला भन्ने मलाई विश्वास छ । मैले विभिन्न अवसरहरु आएको भएपनि तत्कालिन बाल्यकाल त्यो पनि राजनैतिक परिपक्वता नभएको अवस्था थियो । यस अघि विभिन्न अवसर पाएको हुं तर पनि जिम्मेवार साथिहरुलाई सहमति गरेर आएको हुं । थुप्रै अवसरलाई तिलाञ्जलि दिएर आएको छु ।मैले सबै क्षेत्रमा सम्बन्ध बढाएको छु ।

कुनै पनि पदमा मैले गिद्धे नजर लगाइन बरु साथिहरुलाई मैले विभिन्न अवसरहरुमा सिफारिस गर्दै आएको थिए । म सांसद लड्ने हैन । केवल पार्टी बनाउने हो नमुना बनाउन चाहान्छु । पार्टी विधान विपरित जाने तरिकालाई  अन्त गरी मैले पार्टी निति अनुसार अघि बढ्ने हो । अब मैले जिल्लामा बसेर जनताको सेवा समर्पित हुने र जिल्लाको सभापतिको लागि नेतृत्व लिन्छु एक पटक पार्टी फरक ढंगबाट उचाइमा पुगाउन लागि जोड दिने हो । रह्यो कुरा जित्ने आधारहरु म सबै भन्दा सर्वसम्मतका लागि पहल गर्छु त्यसका लागि नेता भन्दा बढि पदहरु छन ।प्रदेश निर्वाचन क्षेत्र क र ख मा पार्टी सभापतिको नेतृत्व छ । कर्नालि प्रदेशमा स्तरमा पनि समिति छ सम्मान गर्ने अग्रजहरुलाई त्यहाँ व्यवस्थापन हुने छन । ठाउँ थुप्रै छन सबैले आ आफ्नो ठाउँ स्तर अनुसार बुझ्यौं भने त्यो सम्भव छ । सायद सबैले मलाई सर्वसम्मत गर्नु हुन्छ भन्ने आशा लिएको छु ।


कुनै पनि पदमा मैले गिद्धे नजर लगाइन बरु साथिहरुलाई मैले विभिन्न अवसरहरुमा सिफारिस गर्दै आएको थिए । म सांसद लड्ने हैन । केवल पार्टी बनाउने हो नमुना बनाउन चाहान्छु । पार्टी विधान विपरित जाने तरिकालाई  अन्त गरी मैले पार्टी निति अनुसार अघि बढ्ने हो । अब मैले जिल्लामा बसेर जनताको सेवा समर्पित हुने र जिल्लाको सभापतिको लागि नेतृत्व लिन्छु एक पटक पार्टी फरक ढंगबाट उचाइमा पुगाउन लागि जोड दिने हो । रह्यो कुरा जित्ने आधारहरु म सबै भन्दा सर्वसम्मतका लागि पहल गर्छु त्यसका लागि नेता भन्दा बढि पदहरु छन ।प्रदेश निर्वाचन क्षेत्र क र ख मा पार्टी सभापतिको नेतृत्व छ । कर्नालि प्रदेशमा स्तरमा पनि समिति छ सम्मान गर्ने अग्रजहरुलाई त्यहाँ व्यवस्थापन हुने छन । ठाउँ थुप्रै छन सबैले आ आफ्नो ठाउँ स्तर अनुसार बुझ्यौं भने त्यो सम्भव छ । सायद सबैले मलाई सर्वसम्मत गर्नु हुन्छ भन्ने आशा लिएको छु ।


युवामा अहिलेको नेतृत्व आएको र सोही अनुसार महसुस भएको छैन । त्यो अनुभुति दिलाउनु मेरो दायित्व हुने छ । अन्तिम सम्म प्रयास गर्छु यदि नभएमा अहिले जिल्ला स्तरमा ९ वटा स्थानिय तहहरु मध्ये मेरो पक्षमा ५ वटा सभापति रहेका छन । जिल्ला कार्य समिति सदस्य,महासमिति सदस्यहरु बहुमत मेरो पक्षमा साथिहरु छन ।त्यसका साथै पार्टी सभापतिले पार्टीको विधान विपरित नियुक्ति गरेका आठ जना मध्ये ५० प्रतिशत मेरो पक्षमा छन । अहिले एक हजार ६ सय ४६ जना क्रियासिल सदस्य रहेका छन, त्यहि हाराहारीमा थप क्रियासिल सदस्य हुन्छन । जसमा सभापतिको लागि ५० प्रतिशत ल्याउनु पर्ने हुन्छ । मेरो पक्षमा बहुमत भएकाले यस पटक मैले जित्ने आधार थुप्रै देखेको छु ।
–यदि तपाई पार्टी सभापतिमा विजयि हुनु भएमा कालीकोटको पार्टीलाई फरक पन के गर्नु हुन्छ ?
हो मैले यदि सभापति जिते भने भताभंग भएको संगठनलाई व्यवस्थित गर्ने छु । युवा नेतृत्वलाई स्थापित गर्न पहल गर्ने छु । मैले सभापति जितेमा आउदो स्थानिय तहको निर्वाचनमा बढिमा ३ स्थानिय तहमा पार्टीको प्रतिनिधिलाई विजयि गराउने हो । पार्टीलाई एकतामा ल्याउने हो । प्रदेश र संघिय निर्वाचनमा पार्टीको प्रतिनिधिलाई विजयि गराउछु । यो ठोकुवा गर्न चाहान्छु । किन कि मैले अहिलेको भयावह अवस्था नेकपामा रहने हो भने हामीले सुनिश्चित जित्छौं त्यो मेरै नेतृत्वमा सम्भव छ । तर म कुनै पनि स्थानिय तह वा प्रदेश र संघको निर्वाचनमा लड्ने छैन । पार्टीका प्रतिनिधिलाई विजयि गराउने हो । पार्टीलाई मागि खाने भांडोबाट मुक्त गराउछु,पार्टी भित्रको मनपरितन्त्र र गुटबन्दिको अन्त गर्ने,पार्टीलाई मागि खाने भांडो हैन कि अवसर बुझि जनसेवक हुने,संस्थालाई कमजोर बनाउने चलनको अन्त गरी पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो मैले त्यसैका लागि पार्टी सभापतिमा दावि गरेको हुं । पार्टीलाई यि तरिकाबाट फरक पन दिने हो ।


 किन कि मैले अहिलेको भयावह अवस्था नेकपामा रहने हो भने हामीले सुनिश्चित जित्छौं त्यो मेरै नेतृत्वमा सम्भव छ । तर म कुनै पनि स्थानिय तह वा प्रदेश र संघको निर्वाचनमा लड्ने छैन । पार्टीका प्रतिनिधिलाई विजयि गराउने हो । पार्टीलाई मागि खाने भांडोबाट मुक्त गराउछु,पार्टी भित्रको मनपरितन्त्र र गुटबन्दिको अन्त गर्ने,पार्टीलाई मागि खाने भांडो हैन कि अवसर बुझि जनसेवक हुने,संस्थालाई कमजोर बनाउने चलनको अन्त गरी पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो मैले त्यसैका लागि पार्टी सभापतिमा दावि गरेको हुं । पार्टीलाई यि तरिकाबाट फरक पन दिने हो ।


–अहिले सम्म कालीकोटको पार्टी सभापति मध्ये कसले पार्टीको हितमा काम गरेको पाउनु भएको छ ?
अहिले सम्मको पार्टी सभापति मध्ये पार्टी अनुशासनमा चलेको भनेको कालि बहादुर सहकारीको कार्यकालमा राम्रो ढंगले चलेको भएपनि सबै भन्दा पार्टी विधान विपरित क्रियाकलापहरु बर्तमान पार्टी सभापति(हर्ष बहादुर बम)बाट भएकाले त्यसको व्यवस्थापन मैले गर्छु । अहिले वहांले पार्टीको विधानमा नभएका काम भएको छ । पार्टी कता लुकेको छ भन्ने भान गराउनु भयो । यि यावत छन तर हामीले रचनात्मक सुझाव दिदा पनि टेर्नु भएन । अझै समय छ सुधारको लागि आग्रह गर्दै आएका छौं । नेता हुन चरित्रवान,नैतिकवान हुनु पर्छ त्यसो भएको छैन । त्यसैले मैले पार्टीको नेतृत्व लिए भने फरक पनको महसुस गराउछु। यस्तै हालतले पार्टी चल्दैन त्यसैले म जिल्ला फर्केर सेवा गर्नका लागि म आएको हुँ । अब मैले नेतृत्व गर्छु र त्यसको लागि सबैले मलाई साथ सहयोग गर्नु हुने छ ।
अन्तमा के भन्नु हुन्छ ?
मलाइ विश्वास छ । कालीकोट जिल्ला वासि शुभचिन्तक सबैले नेपालि कांग्रेस पार्टी सुन्य झरेको महसुस गरेका छन त्यसको अनुभुति हुने खालको दिन ल्याउन र सिंगो नेपालि कांग्रेस पार्टीलाई जनस्तरमा स्थापित गराउन पहल गर्ने छु । विगत र वर्तमानको फरक पन हुने दिनहरु आउने छ भन्ने आशा र विश्वास दिलाउन चाहान्छु ।आगामी वर्ष नेपालमा उदयिमान नयाँ नेतृत्वको जन्म हुने छ । त्यसको प्रभाव युवा पुस्तामा आएको छ त्यसलाई निरन्तरता दिएर कालीकोटमा पनि नयांँ भान हुने छ । धन्यावाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित