देशलाइ राष्ट्र प्रेम सपुतको खांचो छ
फालिदेउ विष अब अमृतको खांचो छ ।।
तिरस्कार र अपहेलना अनि घोचाइ हैन
सिंगारिएको साथै अटुट प्रितिको खांचो छ ।।
बारम्बार हा-यौं आफै फेरी हरायौं देशलाई
विस्तारवादी संगको युद्धमा जितको खांचो छ ।।
बोक हातमा कलमहरु गाउदै हिड देशको गुणगान
पप र -याप हैन यहाँ देशभक्तिको गित गाउन ।।
विगारे छ देश अचेल रुदै छन जनताहरु सुन
गफै गफ दिने भन्दा ज्यान सुम्पने शहिदको खांचो छ ।।
ज्यान सुम्पने शहिदको खांचो छ ।।।
कलाकार जनसाांस्कृतिक महासंघ,कर्णालि व्युरो संयोजक हुनुहुन्छ ।
Discussion about this post