एमसीसीको पहिलो महिला अध्यक्ष बनिन कोन्नोर

7
SHARES
15
VIEWS

काठमाडौं,असार ।  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को नयाँ अध्यक्षमा इंग्ल्याण्डकी पूर्व कप्तान क्लेर कोन्नोर चयन भएकी छन् । एमसीसीको २३३ वर्ष लामो इतिहासमा अध्यक्ष बन्ने उनी पहिलो महिला समेत बनेकी हुन ।एमसीसीको वार्षिक साधारण सभाले क्लेरलाई नयाँ अध्यक्ष घोषणा गरे संगै उनि पहिलो महिला रहेको बताइएको छ ।

हाल दोस्रो कार्यकाल नेतृत्व गरिरहेका श्रीलंकन पूर्व कप्तान कुमार सांगाकार पछि उनी अध्यक्ष हुनेछिन् ।

‘एमसीसी अर्को अध्यक्ष पदमा चयन हा मैले सम्मानित महसुस गरेकी छ,’ कोन्नोरले भनिन्, ‘क्रिकेटले मेरो जीवनलाई यत्तिकै समृद्ध बनाइसकेको छ र अब यसले मलाई यो सुअवसर प्रदान गरेको छ ।’

क्लेर कोन्नोरले खेलाडीको रुपमा सन् २००५ मा इंग्ल्याण्डलाई एसेस सिरिज दिलाउन नेतृत्व गरेकी थिइन् । उनी सन् २००० देखि २००६ सम्म राष्ट्रिय टिमको कप्तान थिइन् ।

इंग्ल्याण्डको लागि १११ अन्तर्राष्ट्रिय खेल खेलेकी अलराउण्डर क्लेरले १ हजार ६०४ रन बनाएकी थिइन् भने १०४ विकेट लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित