भुवन र साम्राज्ञीको ‘जुहारी’ सामाजिक सञ्जालमा

7
SHARES
15
VIEWS

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्माता तथा निर्देशक भुवन केसीबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । यी दुई एक अर्कालाई आरोप लगाउनका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेको देखिन्छ ।

साम्राज्ञीले केही दिन अगाडि मात्र सामाजिक सञ्जालमार्फत आफूले केही चलचित्रकर्मीसँग काम गर्दा नराम्रो अनुभव भोगेको बताएकी थिइन् ।आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले फिल्म क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि दुर्व्यवहारसमेत भएको बताइन् ।

यसकै जवाफमा हिजो भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा साम्राज्ञीलाई कटाक्ष गर्दै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको र जुन थालमा खाने त्यही थालमा दुलो पार्ने आरोप लगाएका थिए ।अब, साम्राज्ञीले भूवनको यो भनाइको समेत भिडियोमार्फत जवाफ दिएकी छन् ।

इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै साम्राज्ञीले यो अवस्था उहाँकै कारणले निम्तिएको र आफूसँग राम्रो ब्यवहार गरेको भए यो अवस्था नै आउने बताएकी छन् ।जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा आफूमाथि नराम्रो व्यवहार गरेको आरोपसमेत उनको छ ।

साम्राज्ञीले भिडियोमा भनेकी छन्, ‘अवार्डको बेलामा तँ त मेरो प्रोडक्ट हो, अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभएको थियो ।’

ती कुराहरू अलि टाढाबाट पनि भन्न सकिने भन्दै उनले गाला जोड्याएर, टाँस्सिएरै भनेको आशय व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्, ‘त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको भएपनि हाँसेर बोलेको र उहाँलाई अंकल भन्दा मन नपर्ने हुँदा दाई भनेर धकलेकी हुँ ।’उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित