News Portal

  • रास्कोट मेयर कप सम्पन्न प्रथम विजेता पलांता

    रुपेन्द्र ऐडी१९ कात्तिक
    ३९३ पटक
    १९ कात्तिक

    कालीकोट । पहिलो पटक संचालन गरिएको  टि २० क्रिकेट खेल सम्पन्न भएको छ । रास्कोट नगरपालिकामा संचालन गरिएको रास्कोट मेयर कपमा पलांता गाउँ पालिकाको टिमले प्रथम स्थान हांसिल गरेको छ ।

    रास्कोट मोर्डन क्लवले आयोजना गरेको रास्कोट प्रथम मेयर कपमा ११ समुहको सहभागिता रहेको थियो ।उक्त खेलमा पलाँता गाउँ पालिकाको टोलिले सान्नित्रीवेणि गाउँ पालिलाई १७१ रनको लक्ष दिएको मा ७औं ओभरमा अल आउट हुँदै ३८ रन हानेर १३२ रनको अग्रताले पलाँता गाउँ पालिकाको टोलिले क्रीकेट टिम विजिता घोषित भएको हो ।

    सो खेलमा प्रथम स्थानलाइ हांसिल हुने समुहलाई ५० हजार राशिको नगद सहित मेडलको व्यवस्था गरिएको थियो ।दोस्रो स्थान सान्नित्रिवेणि गाउँ पालिकाले रु ४० हजार नगद राशि सहित मेड प्राप्त गरेको छ ।
    रास्कोट मेयर कपका लागि जिल्ला क्रिकेट संघ कालीकोटको सहजिकरण्मा पहिलो पटक क्रिकेट प्रतियोगिता भएको हो ।

    रास्कोट नगरपालिका वडा न.५का वडा अध्यक्ष मन तिरुवाले विजेता पलांताका खेलाडीहरुलाई मेडल नगर राशिको चेक हस्तान्तरण गर्दैं आगामि दिनमा थप सफलता हांसिलको कामना गर्दै बधाई दिएका छन ।

    यस अघि कबवडी प्रतियोगितामा पलांता विजेता हांसिल भएको थियो । पछिल्लो समय पलांतामा खेल क्षेत्रमा आकर्षण बढ्दो छ । पलांताले खेल क्षेत्रका लागि पहिलो प्राथमिकतमा राखेर आवश्यक सहयोग गर्नऐ बताउदै पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले आफु जिल्ला बाहिर भएपनि बधाइ दिदै आगामि दिनमा पनि देल क्षेत्रमा सफलता हांसिल गर्न स्थानिय सरकार निरन्तर साथमा रहने बताएका छन ।

    प्रतिकृया दिनुहोस्