राखेप सदस्य सचिवमा रमेश सिलवालसहित तीन जनाको नाम सिफारिस

7
SHARES
15
VIEWS

काठमाडौं ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि रमेश सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस भएको छ। सिलवाल राखेपको वर्तमान सदस्य सचिव हुन्।

सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालाई बुझाएको हो। मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो।

समितिले सदस्य सचिवका लागि गएको २६ असारमा सात दिने खुला दर्खास्त आह्वान गरेको थियो। उक्त अवधिमा तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए।

सिफारिस गरिएका लीलबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन्। उनी २०५४ सालमा राष्ट्रिय जनमोर्चाका तर्फबाट जिविस बागलुङका सभापति निर्वाचित भएका थिए। पछि नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए।

श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन्। अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ। मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ।

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो।

राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित