सूर्य केपी समुहले पाउनु र पश्चिमबाट उदाउँनु उस्तै हो—चित्रसिंह गाउँले

7
SHARES
15
VIEWS

यतिबेला नेपालको राजनीतिक परिवेशमा नेकपा फुटको चर्चा अत्यन्तै बढी छ । दुई तिहाइ बहुमतमा सत्ता नेतृत्व गर्ने शक्तिशाली पार्टी बिभाजन सुनिश्चित भैरहदा धेरैको चासो आधिकारिक पार्टीको मान्यता कसले पाउने भन्दापनि चुनाव चिन्ह सूर्यमा देखिन्छ । बिभाजनको असर स्थानीय तहसम्म पनि परेको छ । जिल्ला जिल्लामा वर्तमान संघीय सरकारले चालेको कदमका पक्षमा समर्थन र बिपक्षमा संघर्षका कार्यक्रम पनि चर्केका देखिन्छन् । यसै सन्दर्भमा समसामयिक राजनीतिसँग केन्द्रित रहँदै कालिकोट नेकपाका लोकप्रिय नेता एवंम साहित्यकार चित्रसिंह गाउँले सँग कुराकानी गरिएको छ ।
नेकपा बिभाजनको प्रष्ट असर कालिकोटमा पनि खुबै पर्ने भयो नि हैन र ?
कालिकोटमा बिभाजनले असरनै पार्दैन । तत्कालीन एमालेबाट केही साथीहरू केपी ओली समुहका विज्ञापन मार्फत सांगठनिक जिम्मेवारी पाएको भन्दै सामाजिक सञ्जाल मा केही दिन बधाई थापेेपनि बिभाजनले असर नपार्ने प्रष्ट भैसक्यो ।
बिभाजनले असरनै पार्दैन भन्ने यहाँहरुको साह्रै दम्भ भएन र भन्या ?
कालिकोटका सन्दर्भमा यो हाम्रो दम्भ नभएर यथार्थ बिषय नै यही हो । अहिलेको बिभाजनलाई लिएर हामीले गरेको सांगठनिक समिक्षाले कालिकोटमा अन्य कुनै दलको बैसाखी नटेकेमा केपी समुहले ८२ वटामध्य कुनै वडामा १ जना चवन्नी सदस्य जितेर देखाइ दिए पुग्छ ।
उसो भए अर्को पक्ष साह्रै कमजोर छ भन्ने खास आधार के छ त तपाईंहरु सामु ?
मुख्य आधार भनेको कालिकोटबासीहरुको आम चाहना भनेको संघीयता बिरोधीलाई रत्तिभर मन नपराउनु , कालिकोट जिल्लामा बिगत लामो समयदेखि बर्चस्वमा रही राखेको तत्कालीन माओवादीमा कुनै एक कार्यकर्ता समेत बिभाजित भएर ओली समुहमा नलाग्नु र तत्कालीन एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित बहुमत जिल्ला कमिटी र लोकप्रिय एवम् परिपक्व नेताहरु प्रचण्ड – माधव समुहमा खुलेर लाग्नुले धेरै भनिरहन परेन ।
यसको मतलब अर्को समुहमा लोकप्रिय र परिपक्व नेताहरुको कमी हो त ?
म प्रष्ट के पार्न चाहन्छु भने अर्को समुहबाट जिल्ला अध्यक्ष र अन्य २/४ जना मात्रै अधिवेशनले छानेका हुन् । बाँकी त्यहाँ जोडिनेहरु अधिवेशनले नछानेपनि हामीले मेरै हातले माइनोटबुकमा लेखेर मनोनीत गरेकाहरु छन् । केही केहीलाई पार्टी एकतापछि पनि टिपेर जिम्मेवारी दिएकाहरु छन् र समग्र जिल्ला कमिटीमा बिभाजित भएर जानेहरूको संख्या हामीले गए भन्न र पश्चाताप गर्न लायक पनि छैन । त्यो समुहमा लागेका जिम्मेवार नेताहरुले समूह छोडेर प्रचण्ड – माधव समुहमा फर्किने क्रम जारी नै छ ।
चुनाव चिन्ह सूर्यमा धेरैले ध्यान दिई राखेको र सूर्य केपी समुहकै आधिकारिक चुनाव चिन्ह बनेमा प्रचण्ड – माधव समुहमै लागेकाहरु उतातीर फर्किने लस्कर पनि बढ्ला नि फेरि ?
चुनाव चिन्ह र आधिकारिक दल को मान्यता बारे निर्वाचन आयोगले हल्का संकेत दिइसकेको छ । सामाजिक सञ्जालमै देख्न पाए अनुसार केपी ओलीले आफू अल्पमतमा रहेको स्वीकार गरिसकेको अवस्था छ । राजनीतिक दल सम्बन्धि ऐन र सो ऐन को दल आधिकारिकता सम्बन्धि दफा ४४ ले प्रचण्ड – माधव समूह आधिकारिक पार्टी र सूर्य चिन्ह पाउने प्रष्ट व्यवस्था गरेको छ । २०६४ सालको सविधानसभा निर्वाचन पूर्व नेपाल सद्भावना पार्टीको बिभाजन हुँदा आनन्दीदेवी सिंह र राजेन्द्र महतो अलगअलग हुँदा महतोले अलग पार्टी गठन मात्रै नभई महाधिवेशन समेत गरिसकेको अवस्थामा समेत निर्वाचन आयोगले बहुमत केन्द्रीय समितिको आधारमा आनन्दीदेवी सिंहको पार्टीलाई आधिकारिकता दिएकोमा लगाएत कैयौं उदाहरण हामीले देखेका छौँ ।


अहिलेको बिभाजनलाई लिएर हामीले गरेको सांगठनिक समिक्षाले कालिकोटमा अन्य कुनै दलको बैसाखी नटेकेमा केपी समुहले ८२ वटामध्य कुनै वडामा १ जना चवन्नी सदस्य जितेर देखाइ दिए पुग्छ ।कालिकोटमा सिंगो १४९ जनाको जिल्ला कमिटी मध्य जम्मा २६ जनाले बाटो फेरेको अवस्था छ । १८ जना मध्य ४ जना प्रदेश कमिटी सदस्यहरुले बाटो मोडेका छन् । निर्वाचित दर्जनौं जिम्मेवार जनप्रतिनिधि मध्य कसैले पनि केपी समूह रोजेनन् भन्न मिल्ने ठाउँ छ । यसैले हामी अहिलेपनि तातातान गर्ने अवस्थामा छैनौं । बरु विधि र पद्धतिमा चल्ने र पार्टीलाई जुनसुकै अवस्थामा पनि साथ दिई राख्न तयार हुनेहरूलाई मात्रै संगठनमा जोड्ने नीतिमा प्रतिबद्ध छौँ । बरु अर्को समुहमा भने नेता कार्यकर्ताहरु खोज्नाले हैरान भएको छ । हामीले प्रयाप्त कोटा खाली गरिदिएका छौँ ।


यदी दलको बैधानिकता र सूर्य चिन्ह केपी ओली समुहले पाएमा नि ?
मेरो विचारमा सकभर यो नेकपा यत्तिकैमा फेरि एकतातर्फ फर्किन पनि सक्छ । संसद पुनःस्थापना को फैसला र राजनीतिक दल सम्बन्धि कानुनले र शुभेच्छुक राष्ट्रहरुका पहलले सार्थकता पाएमा नेकपा एकतामै फर्केर नयाँ ढंगले चल्न सक्छ । यदि त्यसो नभई पार्टी बिभाजन भैहालेछ भनेपनि सूर्य चिन्ह केपी ओली समुहले पाउनु भनेको त पूर्बदेखि नभएर पश्चिमदेखि उदाउँनु जत्तिकै हो ।
पार्टी बिभाजन भएर आएको खण्डमा अब त्यसको पुरै दोष केपी ओली समुहलाई नै दिने होला नि हैन र ?
अवश्य पनि अहिलेको यो परिस्थितिको सम्पूर्ण रुपले दोस त केपी ओली र बिधा भण्डारीले लिनैपर्ने हुन्छ । आफ्नै पार्टी र संसदीय दलमा आफू कमजोर भए ठान्नासाथ यसरी यति ठूलो कमजोरी त कसैले पनि गर्न सक्थेन होला । यसबाट त अबको संघर्ष भनेको मुलुकमा अस्थिरताको अन्त्य चाहने र नचाहने बिचको,क्रान्तिको झण्डा फ्याँक्ने र सम्हाल्ने बिचको,शहीदको रगतको सम्मान गर्ने र अपमान गर्ने बिचको तथा ८ दशक यता नेपाली जनताले रगत बगाएर ल्याएका उपलब्धिलाई अपहरण गर्ने अपहरकारी र रक्षा गर्नेहरु बिचको जस्तै फरक पर्ने अवस्था देखा पर्नेछ । केपी ओली नेतृत्व ले यी सबै कमजोरी त स्वीकार गर्नैपर्ने हुन्छ ।
यसअघि ठूलो पार्टीको नाममा जिम्मेवार नेता तथा कार्यकर्ताहरुले अर्कै पार्टीमा गएको भए पनि हुने थियोे भन्ने लाग्थ्यो होला अब त तानातान नै हुने भयो नि हैन र ?
कालिकोट या देशभरिका सन्दर्भमा हामीले सांगठनिक जिम्मेवारीका विषयलाई लिएर बच्चाबच्चीलाई ललिपप बाँढेझै पद बाढ्नुपर्ने अवस्था छैन । कालिकोटमा सिंगो १४९ जनाको जिल्ला कमिटी मध्य जम्मा २६ जनाले बाटो फेरेको अवस्था छ । १८ जना मध्य ४ जना प्रदेश कमिटी सदस्यहरुले बाटो मोडेका छन् । निर्वाचित दर्जनौं जिम्मेवार जनप्रतिनिधि मध्य कसैले पनि केपी समूह रोजेनन् भन्न मिल्ने ठाउँ छ । यसैले हामी अहिलेपनि तातातान गर्ने अवस्थामा छैनौं । बरु विधि र पद्धतिमा चल्ने र पार्टीलाई जुनसुकै अवस्थामा पनि साथ दिई राख्न तयार हुनेहरूलाई मात्रै संगठनमा जोड्ने नीतिमा प्रतिबद्ध छौँ । बरु अर्को समुहमा भने नेता कार्यकर्ताहरु खोज्नाले हैरान भएको छ । हामीले प्रयाप्त कोटा खाली गरिदिएका छौँ ।आफ्ना साकासन्तान,माओली र ससुराली बाट ल्याएर कमिटी बनाउनपर्ने अवस्था आउने देखिन्छ उहाँहरुमा । एकपटक भएपनि पार्टी कमिटीले जिम्मेवारी दियो भन्ने नाममा नेता भएको महसुस गर्नलाई गलत बाटो समाउदै गरेका मित्रहरू बिस्तारै होसमा फर्किने स्थिति बनिहाल्छ नि ।
बाटो त यहाँले समेत बदल्ने अवस्था थियोे भन्ने सुनिन्थ्यो नि ?
कतिपयले अझैसम्म बुझ्न नसकेको विषय भनेको म २०४९ र २०५४ सालको स्थानीय निर्वाचन मा एमालेबाट निर्वाचित घरपरिवारको प्रतिनिधित्व गर्ने पुरानो एमाले हो । उमेर जति भएको छ उतिनै म एमाले भएको समय पुग्न खोज्छ । म पार्टीमा समूह बनाउदै हिड्ने मान्छे होइन व्यक्तिगत सम्बन्ध सबैसँग राम्रो बनाउन खोज्ने बानी छ ।

विशेष परिस्थितिमा आफ्नै समुह र पार्टीमा उभिने बानीकै कारण आदरणीय दाइ प्रेमबहादुर सिंहले समेत एमाले छोडेपछिको परिस्थिति सामना गरेको र तत्कालीन कालिकोट एमालेमा एक पटक कार्यालय सचिव र दुईपटक पार्टी सचिव मतदान प्रक्रिया बाट माधव नेपाल समुहबाटै निर्वाचित भएको विषय त छर्लङ्गै थियोे नि । विधि र पद्धति बुझेका र लागू गर्न सक्ने सिमित नेता/कार्यकर्ता भित्रमा म पर्छु भन्नेमा कसैलाई भ्रम नहोला सायद ।

अर्को समुहले झपाझप पद बाँढ्दै जादा यहाँहरुबाट रिक्त जिम्मेवारी कहिले पूरा गर्नु हुन्छ ?
हामीले अहिलेसम्म पनि केपी ओलीलाई अध्यक्ष पदबाट मात्रै हटाएको अवस्था हो । उहाँ सच्चिएर आए अझैपनि एकताकै सम्भावना देखिन्छ । त्यसो नहुदा सम्बन्धित कमिटी स्तरको सिफारिसमा एक तह माथिल्लो कमिटीले जिम्मेवारी रिक्त रहेको पद पुर्ती समय लाग्ने र समस्या बन्ने कुरै छैन सहजै रुपमा तत्कालै ती काम गर्न सम्भव छ ।

अर्को रोचक विषय भनेको त मैले अर्को समुहमा रहेका ती सबै कमरेडहरुलाई रुपमा मात्रै नभएर सारमा पनि राम्रोसँग चिन्ने अवसर पाएको छु । केवल पद र सम्मान खोज्ने प्रबृत्तिले त्यो समूह कालिकोटमा झनै टुक्राटुक्रामा बिभाजन तर्फ चाडैं जानेछ । कर्णाली प्रदेशमा कतिपय जिल्ला कमिटीहरुनै खाली हुने गरि हाम्रो समुहमा आइसके । मन्त्री र प्रदेश सदस्यहरु पनि लस्कर लाग्ने संकेत भैसक्यो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित