सान्चोको ह्याट्रिकमा डर्टमन्डको गोल वर्षा

7
SHARES
15
VIEWS

काठमाडौं जेष्ठ । जाडोन सान्चोले करियरको पहिलो ह्याट्रिक गर्दा बोरुसिया डर्टमन्डले लिगको पुछारमा रहेको पाडेरबोर्नबिरुद्ध ६–१ को सहज जित हासिल गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो । थोर्गान हजार्डले डोर्टमन्डलाई शुरुवाती अग्रता दिलाए । लगत्तै सान्चोलेले अग्रता दोब्बर बनाए ।

खेलको ७२ औँ मिनेटमा उवे हुनेमिरले पेनाल्टीमार्फत एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र ठहरियो ।

पेनाल्टी लगत्तै सान्चोले डर्टमन्डको अग्रता फराकिलो बनाए भने इन्जुरीसमयमा ह्याट्रिक पुरा गरे ।यसअघि अच्रफ हाकिमी र मार्सेल स्मेलजरले एक–एक गोल थपे ।

२० वर्षीय सान्चो ३१ वर्ष यता घरेलु लिग बाहिर ह्याट्रिक गर्ने  पहिलो बेलायती खेलाडी पनि बनेका छन् ।

जीतसँगै डर्टमन्डले बायर्नसँगको दुरी ७ अंकमा झारेको छ । २९ खेलबाट डर्टमन्डको ६० अंक रहेको छ ।

आइतबार भएका अन्य खेलमा बोरुसिया मोचेनगडबाचले एफसी युनियन बर्लिनलाई ४–१ गोलले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित