सुचारु हुने भए प्रिमियर लिग र सिरि ए

7
SHARES
15
VIEWS

काठमाडौ, जेष्ठ । कोरोनाभाइरस संक्रमणका कारण रोकिएका इङ्लिस प्रिमियर लिग र इटालियन सिरि ए क्रमशः जुन दोस्रो र तेस्रो साताबाट सुचारु हुने भएका छन् । यसअघि नै जर्मनीको बुन्डेस लिगा सुचारु भइसकेको छ ।

दुवै लिग दर्शकन नराखी खाली रंगशालामा खेलाइने छ । बुन्डेस लिगा पनि अहिले खाली रंगशालामा नै खेलाइरहिएको छ । खेल सुचारु गर्ने निर्णय बेलायतको सरकारले भने अनुमोदन गर्न बाँकी छ ।

बेलायतको इङ्लिस प्रिमियर लिग १७ जुनदेखि सुचारु हुनेछ । उक्त दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ।

लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। लिगको शीर्ष स्थानमा लिभरपुल छ ।

इटालियन सिरि ए भने २० जुनदेखि सुचारू हुने त्यहाँका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले घोषणा गरेका छन् । सिरि ए गत ९ मार्चदेखि अनिश्चिकतकालका लागि रोकिएको थियो।

लिग २० अगष्टसम्ममा सक्ने तयारी छ । लिगमा अझै १२ राउन्डका खेल बाँकी छन्। यो सिजन युभेन्ट्सले अग्रता लिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित