सुर्खेत, असार। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुदको विकासका लागि साढे १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले युवा परिचालन तथा खेलकुद विकासका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ ।
सुर्खेतमा प्रादेशिक रंगशाला निर्माण, राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार विकास, सबै जिल्लाको खेल पूर्वाधार र खेलाडीको हितमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
Discussion about this post