Skip

News Portal

  • जनताको साथमा नगर सरकार : रास्कोटका बाढिपिडितलाइ राहत बितरण

    कर्नालीसंचार संवाददाता२५ असोज
    २१०९ पटक
    २५ असोज

    कालीकोट । लगातारको वर्षाले पिडित घरपरिवारलाई स्थानीय सरकारले राह बितरण गरेको छ । रास्कोट नगरपालिका वडा नम्बर ३ का १६ घरधुरीलाइ रास्कोट नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा प्रती परिवारलाई एक प्याक चामल,५ किलो दाल,२ पाकेट तेल र एक थान त्रीपाल हस्तान्तरण गरिएको बताइएको छ ।दुख सुखको साथ दिने रास्कोट नगरसरकारले पहिलो पल्ट राहत बितरण गरेकोमा रास्कोट ३ कुमालबाडाका १६ घरधुरीले तत्कालको लागि गरेको सहयो प्रती खुशी भएका छ्न ।बाढिपिडितलाइ सहयोग हस्तान्तरण गर्दै जनप्रतिनिधि भनेको जनताकै लागि भएकाले आपत बिपतमा साथ नदिने हो भने कस्ले हेर्ने भन्दै नगर प्रमुख शाहीले अन्य पिडितलाइ समेत राहत लिएर बस्तिमा पुग्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्