काठमाडौं महानगर द्धारा ६ वटा क्लवलाई ६० लाख सहयोग

7
SHARES
15
VIEWS

काठमाडौँ ,असार । काठमाडौँ का छ वटा क्वललाई १० लाखका दरले महानरपालिकाका रकम सहयोग गरेको छ ।

महानगरपालिकाले ए डिभिजन क्लबलाई सहयोग गरेको छ । आज आयोजित कार्यक्रममा महानरपालिका प्रमुख विद्यासुन्दर शाक्यले क्लबलाई सो सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

सहयोग पाउने क्लवहरुमा मछिन्द्र, सरस्वती, हिमालयन शेर्पा , काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा र मनाङ मर्स्याङ्दी क्लब रहेको बताइएको छ । उक्त अवसरमा महानरपालिका प्रमुख शाक्यले खेलकुदलाई सहरी जीवन पद्धति नै बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने बताउनु भएको हो।

‘प्रमुख शाक्यले भन्नु भयो हामीले खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएका छौँ ।’ महानगरपालिका क्षेत्रका ए डिभिजन क्बललाई १०, बीलाई तीन लाख र सीलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको जानकारी दिनु भएको छ ।

कार्यक्रममा महानरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ,अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको पनि सहभागिता रहेको बताइएको छ ।
मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंशाकारले खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसनिय रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित