Skip

News Portal

  • रास्कोटमा करदाता शिक्षा

    कर्नालीसंचार संवाददाता२३ बैशाख
    ६४ पटक
    २३ बैशाख

    कालिकोट । आन्तरिक राजस्व कार्यलय जुम्लाको टोलिले करदाता शिक्षा कार्यक्रम गरेको छ । जिल्लाको रास्कोट नगरपालिकामा स्थानीय व्यावसायिहरुको उपस्थितिमा कर शिक्षा कार्यक्रम गरेको हो । स्थानीय व्यावसायिहरुलाइ करका बारेमा जानकारी गराउने उद्वेस्यले  उक्त कार्यक्रम गरेको हो ।

    रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल लगाएतका जनप्रतिनिधि तथा रास्कोटका ब्यापारीहरुको उपस्थितिमा कर शिक्षा गरिएको हो ।

    सो कार्यक्रममा आन्तरिक राजस्व कार्यलय जुम्लाका प्रमुख सुब प्रसाद रिजालले करका बारेमा जानकारी गराइएको थियो । सो कार्यक्रममा उद्योग बाणिज्य संघ कालिकोट र हिमचुली कृषि सहकारी संस्था लि.कालिकोटको समन्वयमा भएको हो । उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाहीले सबै व्यावसायिले करको दायरामा आइ राज्यलाइ समृद्धिमा जोड दिन आग्रह गरेको समन्वय सहकार्यका तर्फबाट हिमचुली कृषि सहकारी संस्था लि.का रास्कोट शाखा ब्यबस्थापक जमुना आचार्यले बताइन ।

    प्रतिकृया दिनुहोस्