खेलाडीलाई १ भदौदेखि प्रशिक्षणको अनुमति

7
SHARES
15
VIEWS

काठमाडौं ।सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी १ भदौदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले १ भदौदेखि विभिन्न प्रतियोगिताको तयारीका लागि प्रशिक्षण र अभ्यास गर्न पाइने बताए। समूहमा खेलिने घरेलु प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उनको भनाइ छ। यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ ।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो। सबै खेल अभ्यास र प्रशिक्षण समेत बन्द गरिएको थियो ।

तीन साताअघि नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षणको अनुमति मागेको थियो। तर, अहिलेसम्म अनुमति नपाएको संघले जनाएको छ।

खेलाडीले भने व्यक्तिगत रुपमा कीर्तिपुर मैदानमा अभ्यास गरिरहेका छन्। अन्य केही खेलका खेलाडी पनि व्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित