कर्नालि मार्सल आर्ट संघमा पचालझरनाका पुष्प धामी नियुक्ति

7
SHARES
15
VIEWS

कालीकोट । राष्टिय खेलकुद परिषद अन्तरगतको प्रादेशिक संगठन विस्तारको क्रममा नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघको कर्नालि प्रदेश सदस्यमा कालीकोटका पुष्प धामी नियुक्त भएका छन ।

उनलाई संघका केन्द्रिय अध्यक्ष पूर्ण पाण्डले कर्नालि प्रदेश स्तरिय समितिमा छनोट गरेको उल्लेख गरिएको छ । कर्नालि प्रदेश अध्यक्षमा जाजरकोटका राजन थापा नियुक्त भएका छन भने उनि संगै कर्नालिका प्रत्येक जिल्लामा अध्यक्ष समेत नियुक्ति गरिएको बताइएको छ ।

कालीकोटका जिल्ला अध्यक्षमा हिरेन्द्र आचार्य नियुक्ति भएको प्रदेश सदस्य धामिले बताएका छन । उनका अनुसार खेल क्षेत्रमा नयां उर्जा पैदा गर्न आफुले पाएको जिम्मेवारी अनुसार मार्सल आर्टमा युवा जनशक्तिलाई गोलबन्द गरी व्यापक बनाउने योजना रहेको बताएका छन ।

कालीकोट जिल्लाको पचालझरना १ सिकु निवासि पुष्पराज धामी खेलकुद क्षेत्रमा चासो दिने युवकका रुपमा चिनिदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित