पचालझरनामा विकास निर्माण देखि सम्पूर्ण काम ७० प्रतिशत सफल पारेका छौं —अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

नेपाल संंघियता लागु भए संगै केन्द्रको अधिकार सहित स्थानिय निकायलाई आइसके पछि २०७४ सालमा स्थानिय निर्वाचन पछि बनेका कालीकोटका ९ वटा स्थानिय तह अर्थात ८९ प्रतिशत कम्युनष्टि सरकारको पकड भएको जिल्ला हो । यहाँका समुदाय(मतदाता)ले कस्तो महसुस गरेका छन । पचालझरना गाउं पालिका अध्यक्ष खडगराज सेजुवाल आफैमा जनयुद्धको संगठनात्मक हिसावले राजनैतिक क्षेत्र र सैन्य क्षेत्रको अनुभव हांसिल गरे सैगै पचालझरना गाउँ पालिकाको अध्यक्षको जिम्मेवारी लिदाको अवस्थामा के के कस्ता काम र अनुभुति भएको छ र पचालझरना गाउँ पालिकामा भन्दा फरक के के काम भएका छन । सो सम्बन्धमा कर्नालि संचारका कार्यकारी सम्पदाक रुपेन्द्र ऐडीले लिएको अन्तरवार्ताको संक्षिप्त कुराकानि :
— तपाईको बाल्यकाल र राजनैतिक शुरुवातका बारेमा बताइदिनु होस ?
सबै भन्दा पहिले यस अनलाइन मार्फत विजया दशमि तथा शुभ दिपावलि २०७७को पावन अवसरमा जिल्ला बासि दाजुभाई दिदी वहिनिहरुका साथै विशेष गरी पचालझरना बासि आमा बुवा दाजु भाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मेरो व्यक्तिगत जिवन र राजनैतिकको कुरा गर्दा खेरी कक्षा ७,८ तिर पढ्दा खेरी नै विद्यार्थि राजनैतिकमा जोडिएको हुं । पछि माध्यमिक शिक्षा आर्जन गर्दै गर्दा तत्कालिन नेकपा(एमाले)निकट अनेरास्ववियुको जिल्ला कमिटि सदस्य समेत भएको थिए । तत्कालिन समयमा गाउंमा विशेष गरी कांग्रेसिहरुको बाहुल्यता रहेको क्षेत्र त्यस भित्र पनि जातियताले दमन सहनु परेको हो ।


           “तत्कालिन समयमा गाउंमा विशेष गरी कांग्रेसिहरुको बाहुल्यता रहेको क्षेत्र त्यस भित्र पनि जातियताले दमन सहनु परेको हो । बहुदल आइसके पछि कम्यनिष्टमा आवद्ध भएको हुं । उच्च शिक्षाका लागि सुर्खेत झरिसके पछि २०५३ सालमा क्याम्पसमा हामी तत्कालिन समयमा जनयुद्धको शुरु भइसकेको र हामी अखिल(क्रा)मा आवद्ध भएका थियौं । कम्युनिष्ट भित्रको संघर्षरत कम्पयुनष्टिमा लाग्नु पर्ने महसुस भयो । क्याम्पस पढ्दा विद्यार्थिहरु एक पटक भुमिगत भई जाने सल्लाह अनुसार हामी अघि बढ्यौै । मैले त्यति खेर मेरो क्षेत्रमा कोही नगएका कारण आफुले त्यहा)बाट हिड्ने योजना बनाइन म २०५६ सालको दशै पछि गाउँं बाट जनयुद्धमा सहभागि भएका थिए ।”


बहुदल आइसके पछि कम्यनिष्टमा आवद्ध भएको हुं । उच्च शिक्षाका लागि सुर्खेत झरिसके पछि २०५३ सालमा क्याम्पसमा हामी तत्कालिन समयमा जनयुद्धको शुरु भइसकेको र हामी अखिल(क्रा)मा आवद्ध भएका थियौं । कम्युनिष्ट भित्रको संघर्षरत कम्पयुनष्टिमा लाग्नु पर्ने महसुस भयो । क्याम्पस पढ्दा विद्यार्थिहरु एक पटक भुमिगत भई जाने सल्लाह अनुसार हामी अघि बढ्यौै । मैले त्यति खेर मेरो क्षेत्रमा कोही नगएका कारण आफुले त्यहा)बाट हिड्ने योजना बनाइन म २०५६ सालको दशै पछि गाउँं बाट जनयुद्धमा सहभागि भएका थिए । सो समयमा पलांता क्षेत्रबाट विशेष गरी राम्नाकोटबाट कोही पनि सहभागि भएका थिएनन । तत्कालिन समयमा एक्लो छोरा त्यहि मर्न गयो भन्नेहरु थिए । कसैले लाटो बाबुका छोरीको के मति हुन्थ्यो र पढन नसकेर युद्धमा गयो भनेका थिए तर पनि म जनयुद्धमा सफलता पूर्वक निरन्तर लागि परेको हुं ।
— जनयुद्धमा सहभागि भएपछि कुन संगठनमा आवद्ध हुनु भयो र कुन कुन मोर्चामा भाग लिनु भएको थियो ?
म जनयुद्धमा सहभागि भएपछि पार्टीले मलाई यहि(पलांता)को नेता बनाउन चाहन्थ्यो कोही पनि नभएकाले त्यति बेला विद्यार्थि आन्दोलनमा अलि बढि संकट आयो । तत्कालिन समयमा विद्यार्थिको संगठनका जिम्मेवारी साथिहरु गिरप्तार हुने,शहिद बन्ने क्रम चलेपछि संगठन बचाउन धौ धौ परेको अवस्था थियो । २०६६ सालमा अनेरास्ववियु(क्रा)का जिल्ला अध्यक्ष भक्ति संज्यालको शहादत हुनु,जिल्ला सचिव धिर बमको शहादत त्यसै गरी जिल्ला सदस्य शुक्ला बरालको शहादतले विद्यार्थिमा हुने वित्तिकै संकट आउन थाले पछि मैले नेतृत्व लिएको थिए र पछि लामो समय सम्म विद्यार्थिमा संगठित भएको हुं र विद्यार्थि आन्दोलन तिव्र पारिसके पछि जनयुद्धमा ठुलो सफलता हांसिल भएको हो । मैले अनेरास्ववियु(क्रा)को केन्द्रिय सचिवालय सदस्य तथा सेति महाकालिको संयोजक सम्मको जिम्मेवारी पुरा गरेको थिए ।


“ अनेरास्ववियु(क्रान्तिकारी) को केन्द्रिय सचिवालयको बैठकमा ४० प्रतिशत सेनामा जाने भने पछि मैले मात्र हात उठाएर मेरै नेतृत्वमा जनमुक्ति सेनामा जाने आंट गरेको थिए ।विद्यार्थि राजनैतिकबाट आएको लड्न नसक्ने अड्कल गरेको भएपनि थुप्रै मोर्चामा सहभागि भएर अघि बढेको थिए । शान्तिकालमा पनि सेनामा मेजरको लिष्टमा मेरो र प्रकाश शाही (सेवक) अहिले पनि मेजर हुनुहन्छ तर पनि राजनैतिक क्षेत्रमा सिंगो पलांताले नेतृत्व अभावको महसुस गरेको अवस्थामा मैले सबै अवसर छोडेर फिल्डमा आएको हुं अहिले जनताको न्यानो माया ममताले पचालझरना सरकारको नेतृत्वमा पुगेको छ । जनताका आधारभुत आवश्यक्तालाई मध्यनजर गर्दै अघि बढेको छु अझै बढ्ने छु ।”


पछिल्लो समयमा पार्टीले हरेक संगठनले ४० प्रतिशत सैन्य क्षेत्रमा पठाउने निर्णय गरेको थियो । विद्यार्थि संगठनको केन्द्रिय सचिवालयको बैठक बस्यो र त्यहाँ छलफल हुंदा कस्को नेतृत्वमा जाने त भन्दा खेरी एक पटक सबै साथिहरु मौन भए पछि सबै भन्दा पहिले मैले हात उठाए र बैठकले मेरो नेतृत्वमा जनमुक्ति सेनामा पठायो । थुप्रै मोर्चामा सहभागि हुने अवसर मिल्यो शैन्य क्षेत्रको समेत अनुभव लिने काम भएको थियो । शान्तिकालमा मैले राजनैतिक गर्ने मनसायले क्याम्पमा बसेर समयमै पार्टी संगठनमा आवद्ध भएको हुं । सेना समायोजनमा हामी दुई जनाको सबै क्षेत्रमा योग्यता देखि जिम्मेवारी पाउने अवसर थियो जो अहिले पनि मेजर भएर काम गर्दै आउनु भएको छ प्रकाश शाही(सेवक) । सेनामा जाने अनि क्याम्पमा पैशा बांडफाड देखि हरेक अवसरलत्याएर त्यस तर्फ भन्दा पनि सिंगो पलांताको नेतृत्वको सवालमा कमजोरी हुन्छ र जनयुद्धको वलिदानिलाई रक्षा गर्नु पर्ने दायित्व कांधमा आएको महसुस हुन थालेपछि सबै छोडेर फिल्ड अनि संगठनमा लाग्ने काम भएको हो ।
तपाइलाई बहुमतले गाउँ पालिका अध्यक्षको जिम्मेवारी दिएका छन के कति मतदाताका विचमा गरेका प्रतिवद्धता तथा आश्वासनहरु पुरा गर्नु भयो ?
हो हामीलाई पचालझरना गाउँ पालिकाको समग्र विकासका लागि जनताले बहुमत दिएका छन । त्यस भित्र अहिले विकास निर्माणको हकमा प्रत्येक वडामा सडक विस्तार,प्रत्येक वडामा स्वस्थ्य इकाई,विद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि जनशक्ति व्यवस्थापन देखि भौतिक संरचना र प्रत्येक वडामा मावि संचालनका लागि वडा न. ९ बाहेक सबै वडामा मावि रहेको,नेपालको अग्लो पचालझरनाको पर्यटन प्रवद्धनका लागि आवश्यक प्रक्रियाको शुरुवात देखि पर्यटन बोर्डमा सुचिकृत गराउन सफल भएका छौं ।


प्रत्येक वडामा सडक विस्तार,प्रत्येक वडामा स्वस्थ्य इकाई,विद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि जनशक्ति व्यवस्थापन देखि भौतिक संरचना र प्रत्येक वडामा मावि संचालनका लागि वडा न. ९ बाहेक सबै वडामा मावि रहेको,नेपालको अग्लो पचालझरनाको पर्यटन प्रवद्धनका लागि आवश्यक प्रक्रियाको शुरुवात देखि पर्यटन बोर्डमा सुचिकृत गराउन सफल भएका छौं । पचालझरनालाई खानेपानि र सरसफाइमा एक घर एक धारा निर्माण,खरको छाना मुक्त गाउँ,विद्युत उत्पादन, वातावरण मैत्रि बनाउन नांगा डांडाहरुमा बृक्षारोपाण, कृषकहरुलाई आफ्नो पेशा प्रति बफादार गराउन गोठालो भत्ताको व्यवस्थापन


पचालझरनालाई खानेपानि र सरसफाइमा एक घर एक धारा निर्माण,खरको छाना मुक्त गाउँ,विद्युत उत्पादन, वातावरण मैत्रि बनाउन नांगा डांडाहरुमा बृक्षारोपाण, कृषकहरुलाई आफ्नो पेशा प्रति बफादार गराउन गोठालो भत्ताको व्यवस्थापन, कृषिको प्रवद्धनात्मकाका कामहरु, जनयुद्धका शहिदहरुको सम्मानमा शहिद संग्रालयको शुरुवात गरिने काम र होम स्टे र पचालझरना हेर्ने भ्यु टावर ,¥यालिंग सहितको पचालझरना सम्म जोड्ने बाटो,कृषकहरुले उत्पादन गरेका बस्तुको भण्डारणका लागि रस्टिक स्टोरको निमार्ण,प्रत्येक साविकका गाविसहरुमा चिहान(आर्यघाट) प्रतिक्षालय निर्माणका साथै मठमन्दिरहरुको मर्मत सम्भारका कामहरु भएका छन । समग्र क्षेत्रको तुलना गर्दा पचालझरना गाउँ पालिकामा ७० प्रतिशतको हाराहारीमा प्रविद्धता पुरा गरेका छौं । बांकी रहेका ३० प्रतिशत प्रतिवद्धताहरु यहि पेरीफेरीमा सफल गर्ने लक्ष्य लिएका छौं त्यो अवधिमा हामीले पुरा गरेर अघि बढ्छौं ।
पचालझरना गाउँ पालिका र अन्य नगर तथा गाउँ पालिकामा के फरक छ उदाहरण सहित बताइदिनु न ?
हाम्रो गाउँ पालिकामा अहिले फरक भनेको जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने शहिदहरुको सम्झरनामा शहिद संग्रालय स्थापना,पशु पालनलाई विशेष जोड दिदै गोठालो भत्ता,खरको छानो मुक्त गाउँ पालिका,पचालझरना सम्बृद्धिका लागि छुट्टै लोगो स्थापना लागु,मृत्यु भएकाहरुका लागि दाहसंस्कार स्थलमा प्रतिक्षालयको निर्माण,पर्यटन प्रवद्धनमा व्यवस्थापन लगाएतका थुप्रै काम छन ति अन्य पालिकामा तपाइले ति कामहरु भेटाउनु हुन्न । अझै भोलिका दिनमा नमुना कामहरु गर्ने तयारीमा छौं ।
— तपाइको कार्यकालमा पचालझरनामा नमुना योग्य काम के गर्न बांकी छ ?
पचालभरना गाउँ पालिकामा बहुमुखि क्याम्पस स्थापना गर्ने र पचालझरनालाई पर्यटकिय आगमन र व्यवस्थापनका लागि विशेष जोड दिदै पचालझरनालाई पर्यटन बोर्डमा नेपालको सबै भन्दा अग्लो प्रमाणित गराई नेपाल सरकारले मान्यता प्रदान गर्न लागि परेका छौं । हामीले पचालझरना बासिलाई स्वस्थ्यको क्षेत्रमा अहिले १५ सैयाको अस्पताल निर्माणका लागि सबै प्रक्रिया पुरा गरेका छौं ।त्यो काम निरन्तरता रहेको छ । अर्काे असोज सम्म पचालझरना गाउँ पालिकालाई पूर्ण सरसफाइयुक्त गाउँ पालिका घोषणा गर्ने र छुवाछुत मुक्त गाउँ पालिका समेत घोषणा गर्न बांकी रहेका छन । पचालझरनाको पानिबाट मिनिरल वाटर स्थापना गर्ने लगाएतका कामहरु अर्काे आर्थिक वर्षमा सबै पुरा गर्छौं ।
अहिले तपाई जनयुद्धबाट आएको एक जुझारु लिडर हो पचालझरनामा जे जति काम भएका छन जनअपेक्षा अनुसार भएका छन त भएका छैनन भने के चुनौति आइपरेको हो ?
हो पक्कै पनि जनयुद्धको समयमा हामीले बाचा गरेका थियौं,सम्भावना बोकेका थियौं,अहिले ति सोचाईहरुमा अहिलेको परिवेशमा अघि बढ्न नसेको हो हामी स्थानिय तहको सरकारले मात्र चाहेर पनि नहुने रहेछ त्यहि किसिमको प्रदेश सरकार,संघिय सरकारले पनि साथ दिनु पर्ने हो ।तर ति पहलकदमि नहुंदा बजेट व्यवस्थापन देखि अन्य कुराहरुमा हाम्रो पुगेका छैन ।

प्रगतिशिल भन्दा पनि सुधारन्मुख काममा सिमित हुनु परेको छ । आमुल परिर्वतन गर्ने हिसावले अघि बढ्न नसकेको अवस्था हो ।ति अधुरा रहेका कामहरु हामीले यहि भित्रबाट गर्नु पर्छ बाहिर अन्य कुनै पनि क्षेत्रबाट ति काम पुरा हुने कुरा पनि भएनन र हुन पनि सक्दैनन ।
-अन्तमा के भन्नु हुन्छ ?
पचालझरना बासिलाई कार्यकाल पुरा हुंदा सम्म स्थानिय सरकारको भरपुर महसुस भएर जाने अवस्था कायम गर्न हामी लागि परेका छौं । अहिले सम्म जनताको माया ममताका साथ हामी अघि बढेका छौं । जनतामा विकास निर्माण देखि हरेक सुविधाहरुमा विशेष ढंगले पुरा गरी जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता हिजो पनि हो आज पनि छ र भोलि पनि गर्ने हो । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित