खेलकुद परिषद्‌का ३३ जना कर्मचारी र प्रशिक्षकद्धारा राजीनामा

7
SHARES
15
VIEWS

काठमाडौं । परिषद्‌मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन्। कर्मचारी ५ वटासम्म खेलकुद संघको कार्यसमितिमा थिए। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्‌मा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट धमाधम राजीनामा दिन थालेका छन्।

नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने नियम छ। जसका कारण यसअघि संघको कार्यसमितिमा रहेका कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएका हुन्। खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिएका छन्।

परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन्।

उनले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड. ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएका हुन्।

परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित