Skip

News Portal

  • सबैलाई चकित पार्दै लकडाउनकाे ३० औं दिन भारतीय प्रधानमन्त्री मोदीले गरे यस्तो ट्वीट, ओली समेत दंग

    कर्नालीसंचार संवाददाता
    ६०९ पटक

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् । बुधाबर नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै प्रधानमन्त्री केपी ओलीले सपोर्टका लागि धन्यवाद भन्दै ट्वीट गरेका थिए ।

    ओलीको सोहि ट्वीटलाई रिट्वीट गर्दै मोदीले नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताएका छन् । ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’ मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’ उनले रिट्वीटमा भनेका छन् । मोदीको ट्वीटले प्रधानमन्त्री ओली दंग परेका छन् । उनको ट्वीटलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् ।

    भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।

    नेपालमा आज (बुधबार) पनि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज (बुधबार) थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनालाई पनि मोरङको विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । बुधबार कोरोनाको संक्रमणको पुष्टि भएका ३ जना पनि यसअघि एकैपटक कोरोना संक्रमण देखिएका १२ जनाको समूहका सदस्य हुन् ।

    यसअघि उदयपुरमा बस्दै आएका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् । कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा देखिएको छ ।

    बुधबार साँझ समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज मात्र थप ३९१ जनामा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या २० हजार ४७१ पुगेको छ । कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएसँगै भारतमा मृत्यु हुनेको संख्या ६५२ पुगेको छ ।

    भारतमा संक्रमितहरूमध्ये ३ हजार ९७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ हजार ८४३ कोरोनाका संक्रमित विरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

    महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार नाघेको छ । महाराष्ट्रमा २५१ जना भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

    गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्