Skip

News Portal

  • सुनथरालि विमानस्थल निर्माणमा प्रकाण्डको योगदान छ -पूर्व मुख्यमन्त्री शाही

    कर्नालीसंचार संवाददाता१६ फागुन
    १८९ पटक
    १६ फागुन

    कालीकोट । पूर्व मुख्यमन्त्रि तथा कालीकोटका संघिय सांसद  महेन्द्र बहादुर शाहीले कालीकोटको एक मात्र सुनथराली विमानस्थल स्थापनामा तत्कालिन पर्यटनमन्त्रि खड्ग बहादुर विक प्रकाण्ड को योगदान रहेको बताएका छन ।

    निर्माण थालेको ३८ वर्ष पछि उद्घाटन भएको सुनथरालि विमानस्थलमा बोल्दै प्रथम मुख्यमन्त्रि शाहीले तत्कालिन सांसद धर्मदत्त उपाध्याय र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीले सिलान्यास गरेको विमानस्थलको ३८ वर्ष पछि उद्घाटन गरिएकोमा वहाँहरुको देन समेतले रहेको उल्लेख गर्दै प्रथम मुख्य मन्त्रि शाहीले सबैलाई उच्च सम्मान गरेका छन ।

    सो कार्यक्रममा बोल्दै शाहीले पूर्व पर्यटन मन्त्री जिवन शाही देखि हालका पर्यटन मन्त्रि सुदन किरातीलाई समेत धन्यवाद दिएको छन।

    फागुन १४ गते उपप्रधानमन्त्री तथा रक्षा मन्त्रि पूर्ण बहादुर खड्का ले औपचारीक उद्घाटन गरिएको हो ।

    प्रतिकृया दिनुहोस्