Skip

News Portal

  • सहकारी महासंघमा मल्लको प्यानलमा कालीकोटबाट बराल निर्वाचित

    कर्नालीसंचार संवाददाता२८ पौष
    २९३ पटक
    २८ पौष

    कालीकोट । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । कालीकोट बाट काशिचन्द बराल पनि दोस्रो पटक महासंघ संचालकमा निर्वाचित भएका छन। यस अघि संचालक भएका बराल कालीकोट जिल्ला संघको प्रतिनिधित्व गरेर सहभागी भएका थिए ।

    त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन भने महिला उपाध्यक्षमा इन्दिरा पन्त पनि निर्विरोध निर्वाचित भएकी छिन् । अन्य पदमा निर्वाचन हुने भएको छ ।

    यस्तै ७ प्रदेश मध्ये सुदुरपश्चिम बाहेकका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कोशी प्रदेशबाट छत्र प्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भु प्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित भएका हुन् ।

    यसैगरी ५ जना महिला सञ्चालकमा हुमा कुमारी जि.सी. (अञ्जु), योगमाया सुवेदी, एकता शाह, कमला कुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित भएका छन् । यता केन्द्रिय संघ/ राष्ट्रिय सहकारी बैंकको तर्फबाट टेक प्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेद्वारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।

    यता लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम प्रसाद तुलाचन तथा सदस्यहरुमा अम्मरनाथ न्यौपाने र हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । अन्य केही पदमा भने मतदान हुने भएको छ ।

    एमाले , माओवादी र नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख सहकारीका नेताहरुबीचको छलफलका क्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, १० जना सञ्चालक र एक जना लेखा सुपरीवेक्षण समितिको सदस्य एमाले समर्थकहरुलाई, उपाध्यक्ष एकजना, सञ्चालक ५ जना र लेखा सुपरीवेक्षण समितिको संयोजक नेपाली कांग्रेस समर्थकलाई तथा एकजना उपाध्यक्ष, ४ जना सञ्चालक र लेखा सुपरीवेक्षण समितिको सदस्य एक जना माओवादी समर्थकहरुले लिने गरी सहमतिमा एमालेले आफ्नो हठ नछोडे पछि सत्ता गठवन्धन दलले असहमति जनाउँदै निर्वाचनमा भाग नलिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्