Skip

News Portal

  • रिटर्नी सेन्टर नेपाल प्रदेश अध्यक्षमा प्रेम तिरुवा

    कर्नालीसंचार संवाददाता८ चैत्र
    २७९ पटक
    ८ चैत्र

    सुर्खेत । नेकपा माओवादी केन्द्रकाे भातृ सँगठन रिटर्नि सेन्टर नेपाल कर्नाली प्रदेशको प्रथम सम्मेलनबाट प्रेम तिरुवा अध्यक्षमा सर्बसम्मत भएका छन  ।

    कर्नालि प्रदेशको प्रथम सम्मेलनले २५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको बताइएको छ । जनक परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायि समिति सदस्य तथा प्रदेश इन्चार्ज कालि बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको थियो ।

    सो कार्यक्रममा कर्नालि प्रदेश अध्यक्ष विमला केसी, रिटर्नि नेपालको केन्द्रिय सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा कर्नालि प्रदेशका सबै जिल्लाबाट विदेश गएर घर फर्किएका युवाहरुको संगठन रिटर्नि नेपालमा आवद्ध सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

    रिटर्नी सेन्टर नेपाल कर्नाल ि प्रदेशको प्रथम सम्मेलनले एक रिटर्नी एक उद्यमिको नारालाई आत्मासाथ गर्दै अघि बढ्ने निर्णय समेत गरेको बताइएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मल्लले विदेशमा बगाएको रगत पसिनालाई नेपालका ग्रामिण क्षेत्रमा निरन्तर रुपमा लगनशिल भई आफ्नै माटोमा सुन फलाउने योजनाका साथ लागि पर्न अनुरोध गर्दै रिटर्नि सेन्टर नेपालले त्यसको अगुवाइ गर्नु पर्ने बताएका छन ।

    रिटनी सेन्टर नेपाल नेकपा(माओवादी केन्द्र) को २४ औं भातृ संगठन हो ।

    प्रतिकृया दिनुहोस्