Skip

News Portal

  • जन्मदेब नेतृत्वको श्रमजिबि पत्रकार संघ अन्तर्राष्ट्रिय पत्रकारीता पुरुस्कारबाट सम्मानित

    कर्नालीसंचार संवाददाता१३ बैशाख
    २२१ पटक
    १३ बैशाख

    कालिकोट । नेपालमा श्रमजिबि पत्रकारहरुको पेशागत हितमा काम गर्दै आएको श्रमजिबि पत्रकार संघ सम्मानित भएको छ ।संघलाइ गैर आवासीय नेपाली संघ क्यालिफोर्निया र अमेरिका द्वारा नगद सहित सम्मान  पत्र साथ सम्मान गरिएको हो ।
    बिगत वर्ष झै यस वर्ष  अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार -२०२३ बाट कालिकोटका जन्मदेब जैशी अध्यक्ष रहेको संघ २० हजार नगद सहित ताम्रपत्र सहित सम्मानित भएको बताइएको छ ।
    श्रमजीवी पत्रकार संघले पत्रकारहरुको हितमा रचनात्मक काम गर्दै आएको छ ।छोटो समयमा श्रमजिबि पत्रकार संघले ठुला मिडियाले पत्रकारलाई गरेको श्रम शोषणका विरुद्ध अदालत सम्म पुगेर काम गर्दै आएको अध्यक्ष जन्मदेब जैशिले बताएका छन ।

    उनले संघलाई अन्तर्राष्ट्रिय पुरुस्कारले सम्मानित हुंदा आफू  खुशी भएको र आगामी दिनमा श्रमजिबि पत्रकारको हकमा काम गर्दै जाने र यस्तै अवसर पाउने आशा गरेको बताए।

    प्रतिकृया दिनुहोस्