Skip

News Portal

  • रुसका अनौठा नियम,जनसंख्य वृद्धि गर्ने देखि . . .

    कर्नाली संचार संवाददाता१ साउन
    १९५ पटक
    १ साउन

    रुस । विभिन्न कामले चर्चामा आउने देश मध्येको  रुस पनि एक हो । जसको नाम बारम्बर चर्चामा आइरहेको छ । यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ ।
    १.रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।
    २.रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ ।
    ३ . रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् ।
    ४.रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ ।
    ५.रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् । यहाँ भ्रमण गर्ने मानिसहरुको सङ्ख्या लन्डन र न्यूयोर्क भन्दा निकै धेरै छ ।
    ६ . म्याक डोनालस्को सबैभन्दा ठूलो रेस्टुरेन्ट रुसमै छ जहाँ एकैसाथ सात सय मानिसहरु बसेर खान सक्छन् ।
    ७ .एउटा अध्ययनले देखाएअनुसार वर्षभरिमा एकजना रुसीले ४ .८ ग्यालिन सम्म रक्सी पिउने गर्छन् । चिकित्सकहरुले भने यसको आधा भागले समेत मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् ।
    ८ .सन् १८६७ मा रुसले ७२ लाखमा अलस्का अमेरिकालाइ बेचिदिएको थियो
    ९ . रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिन्छ जसको नाम बबल बाबा च्यालेन्ज हो । यस च्यालेन्जमा मानिसहरु वुओस्का नदीमा सेक्स डलसँग पौडी खेल्ने गर्छन् ।

    प्रतिकृया दिनुहोस्