Skip

News Portal

  • प्रयोग गरिएका पीपीई र किट सडकमा फालेपछि बाटो हिँड्ने ६५ जनामा देखियो कोरोनाको लक्षण

    कर्नालीसंचार संवाददाता
    ४२३ पटक

    एजेन्सी । विश्वभरका मानबजातिको लागि ठुलो चुनौती भएको कोरना भाइरसले अहिले नेपालमा ठुलै सन्त्रास पैदा गरेको छ । यसको नेपालको छिमेकी राष्ट्र भारतमा पनि ठुलो हलचल नै मच्चाएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिदा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६१२ पुगिसकेको छ । भने २५ लाख ५६ हजार ५४८ जना संक्रमित भएका छन्। विश्वको दोस्रोबढी जनसंख्या भएको मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलिएका कारण लकडाउनको घोषणा गरिएको छ।

    लामै लकडाउन झेलेका भारतीयहरुले लकडाउनको पालना गर्न त्यति सजिलै सकेको देखिदैन । भारतीय संचारमाध्यमा अहिले पनि रेल्वेस्टेशनमा हजारौको भिड लागेकै समाचार प्रकाशन प्रशारण गरेका छन् । यसै क्रममा भारतको पश्चिम बंगालमा प्रयोग गरिएका पीपीई (व्यक्तिगत सुरक्षा उपकरण) र किट ठूलो संख्यामा एक होटल बाहिर बाटोमा भेटिएपछि हंगामा मच्चिएका छ।

    जहाँ पीपीई किट भेटिएका थिए, त्यहाँ नजिकै रहेको एक होटल छ। जसलाई प्रशासनले क्यारेन्टाइन बनाएको थियो। तारापीठ मन्दिरको आसपास कोरोना संक्रमणको आशंका रहेका व्यक्तिको परीक्षण गरिएको थियो।

    डाक्टरले उक्त समय उपयोग गरेका पीपीई र किट बाटोमा बेवारिसे छोडिदिए। जसका कारण त्यहाँ आसपास रहेका मानिस र बाटोमा हिड्ने व्यक्तिमा कोरोनाको लक्षण देखिएपछि स्थानीयले विरोध गरेका छन्। कोरोनाको लक्षण देखिएपछि ६५ जनालाई आइसोलेशनमा भर्ना गरिएको छ। ती मध्ये धेरै मानिस प्रवासी मजदूर रहेका छन्।

    यसैबीच कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको हो ।

    यो समाचार तयार पार्दासम्म एकैदिन विश्वभर ७५ हजार २४५ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ लाख ५६ हजार ५१२ पुगेको छ । अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । अमेरिकामा थप २ हजार ८०४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३१८ पुगेको हो ।

    पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १८ हजार ७७४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८२ हजार ९२३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ९० हजार ५०३ जनामध्ये १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

    कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ ।

    इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।

    योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ । त्यहाँ २ लाख ४ हजार १७८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ५१४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ३८२ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    यस्तै फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सुरुवात भएको मुलुक चीनमा ३० जना नयाँ संक्रमित देखिए पनि पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको कोरोना भाइरसले मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्