Skip

News Portal

  • नेपालमा फेरी भेटिए ३ काेराेना संक्रमित, सरकारले गर्याे पत्रकार सम्मेलन

    कर्नालीसंचार संवाददाता
    ६०६ पटक

    काठमाडौं। बुधबार पनि नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार आज थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरुमा क्रमश: २४, ६० र ७२ वर्षका पुरुष छन् । डा देवकोटाका अनुसार हाल संक्रमितको संख्या ४५ पुगेको छ भने निको हुने संक्रमित ७ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एक कोरोना संक्रमित निको भएका छन् । अस्पतालका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका– ९ का ४० वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

    कोरोनाको संक्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको छ । उनी भारतबाट नेपाल आएका थिए । उनमा गत चैत २२ गते कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो ।

    कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुषसँगै सेती प्रादेशिक अस्पतालमा रहेका ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालमा अब २ जना संक्रमित उपचारत छन् । यस्तै शुक्रराज अस्पतालमा उपचारत धादिङका कोरोना संक्रमति पनि निको भएका छन् । उनी भने डिस्चार्ज भइसकेका छैनन् ।

    यसैबीच चितवन जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकामा पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ ।

    कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको तिवारीले बताए । विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

    पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको तिवारीको भनाइ छ । पहिचानसँगै उनीहरुलाई भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र र्‍यापिड टेस्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिए ।

    जिल्लामा र्‍यापिड टेस्टका क्रममा २ जनामा सङ्क्रमण देखिएको र उनीहरुको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ । एक महिलामा शङ्कास्पद देखिएकामा उनीहरुको नतिजा पोजेटिभ आएको थियो ।

    यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म ३३० वटा स्वाब परीक्षण गरिएको छ । जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो ।

    प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको पौडेलले जानकारी दिए । सङ्क्रमित एकै परिवारका २ जनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्