Skip

News Portal

  • नेपालि सेनाको हातबाट प्रत्यक्ष १३ वटा हतियार खोस्ने मै हुं -सुनिल(बटालिएन कमान्डर,पुर्ब जनमुक्ति सेना)

    कर्नालीसंचार संवाददाता१६ मंसिर
    ७३९ पटक
    १६ मंसिर

    नेकपा(माओवादी)ले थालेको जनयुद्धको समयमा कयौं जनमुक्ति सेनाका यौद्धाहरुको त्याग तपस्याका कारण आज देशमा संघियता,समानुपातिक प्रतिनिधित्व र समाबेशीताले स्थान पाएको छ । राजनैतिक तथा फौजि रणनितिक साथ अघि बढेको जनयुद्धका एक कुशल शाहसिक कमाण्डरका रुपमा चर्चित रहेका धर्मराज बोगटी(सुनिल)ले जनमुक्ति सेनाले गरेका फौजि आक्रमणमा खेलेको भुमिकाका विषयमा कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको कुराकानिको सारांश :
    सबै भन्दा पहिले हजुरको परिचय दिनु न?
    नमस्कार : मेरो नाम धर्मराज बोगटी (सुनिल)हो । मेरो घर साविकको नानिकोट गाविस हो । हालको पचालझरना गाउँ पालिका वडा न. ७ हो । म पहिले जनमुक्ति सेना अहिले नेकपा(माओवादी केन्द्र)मा आवद्ध राजनैतिक कार्यक्रता हो ।
    तपाई कति वर्षको उमेरमा युद्धमा होमिनु भयो ? कसरी जनयुद्धको प्रभाव परेको थियो ?
    म एक्लो सन्तान हो । घरमा मेरो बुवा आमाको एक मात्र छोरा हो । २०३९ सालमा जन्मेका बुढा तिन वर्षको उमेर रहंदा आमाको निधन भएको थियो । बाल्यकालमा पढाइमा नै विते उच्च माध्यमिक शिक्षाका लागि कक्षा १०मा पढ्दै गर्दा १९ वर्षको उमेरमा जनयुद्धमा होमिएको हुं ।


    गाउँमा मानापाथि देखि हरेक खालका सामान्ति पारामा व्यवहारहरुको विरुद्ध बोल्ने आंट म मा भएकाले त्यति खेर माओवादी केही गर्छ कि भन्ने मेरो विश्वास पैदा भयो त्यस पछि म जनयुद्धमा समाहित भएको हुं ।


    म पढ्दा पढ्दै २०५८ सालमा भुमिगत “होल टाइमर” भएपछि जनमुक्ति सेनामा गएर युद्ध मोर्चामा प्रत्यक्ष संलग्न भएको थिए । गाउँमा जनयुद्धको प्रभाव शुरु हुंदा मसाल जुलुसमा सहभागि हुने लगाएतका काम गर्दै जांदा गाउँका भोटे राजाहरुको विरुद्धमा समेत माओवादीले आवाज उठाउन थालेपछि सबै भन्दा बढि प्रभाव त्यहाँबाट भएको हुं । गाउँमा मानापाथि देखि हरेक खालका सामान्ति पारामा व्यवहारहरुको विरुद्ध बोल्ने आंट म मा भएकाले त्यति खेर माओवादी केही गर्छ कि भन्ने मेरो विश्वास पैदा भयो त्यस पछि म जनयुद्धमा समाहित भएको हुं ।
    जनमुक्ति सेनामा गइसकेपछि कुन कुन मोर्चामा प्रत्यक्ष सहभागि हुनु भयो ?
    हो म जनमुक्ति सेनामा गइसकेपछि मेरो काम भनेको दुश्मनलाई निस्तेज पार्ने काम हो । आफ्नो ज्यानलाई हत्केलामा राखेर लड्ने काम भयो । मैले दुई दर्जन बढि युद्ध मोर्चामा प्रत्यक्ष संलग्न भएको हुं । मेरो सहभागिता पश्चिम क्षेत्रका तिनगिरे,मंगलसैन, पिलि, जुम्ला, खारा, म्याग्दि,सतबरिया,गणेशपुर,धनघडी कारागार,कर्नालि चिसापानि,दुर्गाैलि टिकापुर,भांसुभिर लगाएतका दुइ दर्जन बढि ठाउँमा भिडेको सिपाही हुं ।म एक्लै लडेको ऐतिहांसिक लडाई पनि छन ।


    म एक्लै हरियो घांस शरिरमा बेरेर m१६ बोकेर कर्नालि चिसापानिको पुलमा गएको थिए । तत्कालिन शाही सेनाहरु बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका थिए । सोही क्रममा मैले हतियार घुमाएर फाएर गर्दा ४/५ जना कर्नालि चिसापानि पुलमा हाम फालेका थिए भने अन्य पुलमा मरेका हुन । मैले कैलालि किनारबाट आएर बर्दिया निकुञ्जको पुल किनार सम्म अटो तरिकाले हतियार चलाएर फर्किदा हातमा आएका १३ वटा m१६ कव्जा गरेर फर्किएको हुं । सो समयमा हाम्रा साथिले फर्किने आशा गरेका थिएनन । मैले आत्मघाति कदम चालेर गएको हुं ।


    ति लडाईहरु मध्ये सम्झन लाएक कुन लडाई भएको थियो ?
    सबै भन्दा मैले स्मरण हुने लडाई भनेको २०६० साल फागुन महिना तिरको कुरा हो । म एक्लै हरियो घांस शरिरमा बेरेर m१६ बोकेर कर्नालि चिसापानिको पुलमा गएको थिए । तत्कालिन शाही सेनाहरु बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका थिए । सोही क्रममा मैले हतियार घुमाएर फाएर गर्दा ४/५ जना कर्नालि चिसापािन पुलमा हाम फालेका थिए भने अन्य पुलमा मरेका हुन । मैले कैलालि किनारबाट आएर बर्दिया निकुञ्जको पुल किनार सम्म आएर अटो तरिकाले हतियार चलाएर फर्किदा हातमा आएका १३ वटा m१६ कव्जा गरेर फर्किएको हुं ।

    सो समयमा हाम्रा साथिले फर्किने आशा गरेका थिएनन। मैले आत्मघाति कदम चालेर गएको हुं । मैले पनि देश र जनताका लागि केही गर्नु पर्छ भनेर उच्च शाहसका साथ त्यहाँ पुगेको हुं । तर कयौं मोर्चामा सहभागि भएको मलाई त्यस मोर्चाले झनै उर्जा थप्यो सबैको स्यावासि भएर जिम्मेवारी लिन सफल भए ।मेरो इच्छा आकांक्षा भनेको सफल सिपाही हुने मन थियो । जिम्मेवारी पुरा गरेर । पछिल्लो समयमा शान्ति भयो ।
    तपाई क्यान्टिनमेन्टमा बसि सकेपछिको अनुभव के छ ?
    हो युद्ध र शान्ति एक रथका दुई पांग्रा हुन । सोही अनुसार युद्ध विराम,शान्ति सम्झौता लगाएतका काम भए पार्टीको निर्देशनमा हामी क्यान्टिनमेन्टमा बस्यौं ।सबैको मानसिक्ता भनेको युद्धविराम भएपनि दिर्घकालिन हुंदैन । पुन लडाई लड्नै पर्छ भन्ने मानसिक्ता हामीमा पनि थियो र नेतृत्वले पनि त्यो आश्वासन दिदै आएको थिए । सोही क्रममा घरमा बुवा विरामी भएको खबर पाएर म घरमा आउदा बुवाको निधन भएपछि पुन म क्यान्टिमेन्टमा फर्किन सकिन । म त्यति खेर बटालिएन कमाण्डरको भुमिकामा थिए ।


    अहिलेको जस्तो अवस्था आउला भन्ने कुनै पनि मनमा आउदैन थियो । आफु एक्लो बाउको छोरा आफु मरे पनि बुवालाई पार्टीले संरक्षण गर्छ । अन्य सबै सम्पति सर्वहारा करणको योजनाका साथै साम्यदाी संरचना लगाएतका नेताहरुका भाषणबाट प्रस्ट हुन्थ्यो हामी पनि त्यहि मानसिक्तामा थियौं । यसरी बहुदलिय प्रतिष्पर्धा लगाएतको कुरा त धेरै टाढाका विषय थिए ।


    सक्षम सिपाही भएर काम गर्ने चाहना हुंदा हुंदै पनि जान सकिन त्यस पछि पारिवारिक जिम्मेवारी लिने काम भयो । पार्टीको सम्पर्कमा रहेर गाउँमा काम गर्ने भयो । अहिले पारिवारिक व्यवस्थापनमा व्यस्ततामा रहेर काम गर्दै आएका छौं ।
    तपाईको विगत र अहिलेको अनुभुति के छ ? यस्तै अवस्था आउला सोच्नु भएको थियो ?
    हैन हैन त्यसो । मैले कल्पना पनि गर्न सक्दिन । किन की युद्धमा गएको सिपाहीले दुश्मनलाई कसरी हराउने भन्ने सोच्छ । मैले त्यहि सोचेको थिए । त्यसरी नै युद्धमा सहभाथि भएर विभिन्न मोर्चामा अघि बढेको हुं । अहिलेको जस्तो अवस्था आउला भन्ने कुनै पनि मनमा आउदैन थियो । आफु एक्लो बाउको छोरा आफु मरे पनि बुवालाई पार्टीले संरक्षण गर्छ । अन्य सबै सम्पति सर्वहारा करणको योजनाका साथै साम्यवादी संरचना लगाएतका नेताहरुका भाषणबाट प्रस्ट हुन्थ्यो हामी पनि त्यहि मानसिक्तामा थियौं । यसरी बहुदलिय प्रतिष्पर्धा लगाएको कुरा त धेरै टाढाका विषय थिए । अहिलेको अवस्थाले विगतको युद्ध एका देशको कथा जस्तो नबनोस भन्ने हो । खै के हुन्छ ।


    म यो जिम्मेवारीमा सन्तुष्ट छु । मलाई आफ्नै कारणले पछि परेको हुं । पार्टीमा सक्रिय भएको भए जिम्मेवारी पाउने कुरामा केही थिएन । यहि जिम्मेवारी पुरा गरेर अघि बढ्छु ।                         


     अहिलेको तपाईको जिम्मेवारी के छ ?
    म अहिले नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटि अन्तरगतको वडा न. ७को निर्वाचित वडा कमिटि अध्यक्षको जिम्मेवारी लिएको छु । म यो जिम्मेवारीमा सन्तुष्ट छु । मलाई आफ्नै कारणले पछि परेको हुं । पार्टीमा सक्रिय भएको भए जिम्मेवारी पाउने कुरामा केही थिएन । यहि जिम्मेवारी पुरा गरेर अघि बढ्छु । मैले पार्टीलाई विजयि हांसिल गराउने तिर लागेको छु । नाफाको जिन्दगिमा ज्यान रहंदा सम्म आफु माओवादी केन्द्रको सदस्यको जिम्मेवारीमा रहि रहने छु । धन्यवाद

    प्रतिकृया दिनुहोस्