Skip

News Portal

  • हामीले समाजवाद उन्मुख स्थानिय सरकार बनाउने हो ? त्यो भिजन माओवादी बाहेक अरुमा छैन-शैलेन्द्र

    रुपेन्द्र ऐडी
    १२९१ पटक

    कालीकोट जिल्ला माओवादी उद्गम थलो हो । जहाँ पांच सय भन्दा बढि जनयुद्ध ताका रगत बगेको क्षेत्र हो । विगत २०६४ सालको निर्वाचन देखि लगातार जित हांसिल गर्दै आएको नेकपा(माओवादी केन्द्र)को पछिल्लो राजनैतिक अवस्था र आगामि स्थानिय तहको निर्वाचनका लागि कस्तो रणनिति बनाएको छ ? सोको बारेमा भर्खरै कालीकोट जिल्लाको  जिम्मेवारी सम्हाल्नु भएको जिल्ला समन्वय समिति कालीकोटको संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र) संग कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले लिएको समसामयिक सम्वादका केही अंशहरु ।
    –तपाईलाई कर्नालि संचारको तर्फबाट हार्दिक स्वागत संगै न्यानो अभिबादन ।
    धन्यवाद ।
    कालीकोट जिल्लाको नयाँ जिम्मेवारी पाउनु भएको छ । अबको मिशन के छ ?माओवादीको साख पहिलेकै अवस्थामा जोगाउन के लक्ष्य राख्नु भएको छ ?
    सबै भन्दा पहिलो कुरा त पार्टीको जिवनमा रहेका अन्तरविरोधहरुको अन्त गर्नु हो । जहाँ बाहिर आएका व्यक्तिवाद,अवसरवादलाई अन्त गर्न निरन्तर प्रशिक्षण तथा छलफल दिन जरुरी छ ।त्यसलाई पहिलो प्राथमिकतामा राखेर सुदृढ गर्नु पर्ने देखिन्छ । आम कार्यक्रताका साथै नेताहरुमा  प्रशिक्षण तथा स्कृलिङ मार्फत सुदृढ तथा शसक्त बनाउने काम हो ।


    पार्टी सदस्यहरुको सहभागितामा स्व स्फृत भित्रै देखि कस्लाई भन्नु हुन्छ त्यसैलाई मात्र टिके प्रथाको अन्त गर्ने । पार्टी विगार्ने काम हामी बाट हुंदै । अब यो बुझौं की माथिबाट टिकट पाइन्छ भन्ने आश नगरे हुन्छ ?वडा देखि पालिका स्तरमा सर्बसम्मत चुनेर आउने हो ।त्यसो गर्दा जनमत व्यक्त हुन्छ । परिणाम सहि आउछ ।


    त्यस पछि सांगाठानिक रुपमा देखिएका समस्याहरु समाधान गर्नु हो ।तमाम समस्या आएका समाधान भएका छन । विभिन्न स्थानिय तहमा आएको अन्तरविरोधलाई हल गर्ने काम भएको छ । जिल्लामा भएको श्रोत साधनलाई सदुपयोग गरे अघि बढ्ने हो । पार्टीलाई जिवन्त राख्न आन्तरिक रुपमा व्यवस्थापन जरुरी भएको छ । पार्टीले शहिद परिवार,घाईते अपांग तथा पूर्व जनमुक्ति सेनालाई पालिका स्तरमा संगठन बनाउदै तिनिहिरुका समस्या समाधान गर्न लागि पर्ने अठोट लिएका छौं । नेतृत्वमा गुटबन्दिको अन्त गर्दै अघि बढ्न सहकार्य गरिने छ ।
    –विगतमा माओवादी केन्द्रले विजयि भएका स्थानिय तहहरुमा जनअपेक्षा अनुसार काम नभएको भन्ने छ । जनतामा वितृष्णा आएको छ ? यसलाई कसरी लिनु हुन्छ ?
    हो अघिल्लो स्थानिय तहको निर्वाचनमा जुन किसिमले स्थानिय सरकारको महत्व बुझ्नु पर्ने थियो । बुझिएन । होचुवाका भरमा टिकट वितरण प्रक्रिया भयो ।हामी पहिलो पटक युद्धमोर्चा पछि निर्वाचनमा सहभागि भएर बुझ्न सकिएन । अब त्यसो हुन्न ?अहिले हामीले निर्वाचनमा धेरै भन्दा धेरै जनप्रिय मान्छेलाई पार्टी सदस्यहरुबाट सर्बसम्मत गरेर आएपछि सिफारिसका आधारमा मात्र टिकट दिने हो ।

    पार्टी सदस्यहरुको सहभागितामा स्व स्फृत भित्रै देखि कस्लाई भन्नु हुन्छ त्यसैलाई मात्र टिके प्रथाको अन्त गर्ने । पार्टी विगार्ने काम हामी बाट हुंदैछ । अब यो बुझौं की माथिबाट टिकट पाइन्छ भन्ने आश नगरे हुन्छ ? वडा देखि पालिका स्तरमा सर्बसम्मत चुनेर आउने हो ।त्यसो गर्दा जनमत व्यक्त हुन्छ । परिणाम सहि आउछ । निर्वाचित भएपछि पार्टीले आचार संहिता बनाउछन । हामीले जिल्ला स्तरमा गाइड लाइन बनाएर मात्र सत्ता संचालनको जिम्मेवारी दिने हो । यस भएको छाडापनलाई अन्त गर्ने हो । सरकार र पार्टी एक अर्काका परिपुरकका रुपमा हामी अघि बढ्छौं ।


    पार्टीले शहिद परिवार,घाईते अपांग तथा पूर्व जनमुक्ति सेनालाई पालिका स्तरमा संगठन बनाउदै तिनिहिरुका समस्या समाधान गर्न लागि पर्ने अठोट लिएका छौं । नेतृत्वमा गुटबन्दिको अन्त गर्दै अघि बढ्न सहकार्य गरिने छ ।


    विगतको शिक्षा सिक्दै सोही अनुसार मात्र काम कार्वाही गर्ने हो । पार्टीको घेराबन्दिमा बसेर ठुला ठुला काम गर्ने भन्नु गलत हुन्छ । पार्टीको गाइडलाइन अनुसार जिम्मेवारी दिन पहिले आचारसंहिता तयार गर्ने हो । पार्टी र सरकारको तादम्यताका बारेमा रुकुमबाट सिक्ने हो । देशको मोडल रुकुम हो कर्नालि प्रदेशले त्यसबाट सिकेको छ र हामीले पनि त्यहाँबाट सिक्न जरुरी छ । जहाँ पार्टी कार्यक्रता र सरकार एक अर्कामा सहकार्य सहमतिले अघि बढ्ने परिपार्टीको शुरुवात भएको छ ।आम जनताको आधारमा काम कार्वाही अघि बढाउन जरुरी छ ।
    –त्यसो हो भने सत्ता संचालनको अनुभवका लागि एक पटक रुकुम पुग्नु हुन्छ त ?
    पक्कै पनि हामीहरु(म सचिव कमरेड) एक पटक रुकुममा सत्ता संचालनका बारेमा बुझ्न जाने सोच लिएका छौं ।त्यस पछि सत्ताको जिम्मेवारी लिएका कमरेडहरुलाई अनिवार्य रुपमा रुकुम पठाउने हो ।


    पार्टी र सरकारको तादम्यताका बारेमा रुकुमबाट सिक्ने हो । देशको मोडल रुकुम हो कर्नालि प्रदेशले त्यसबाट सिकेको छ र हामीले पनि त्यहाँबाट सिक्न जरुरी छ । जहाँ पार्टी कार्यक्रता र सरकार एक अर्कामा सहकार्य सहमतिले अघि बढ्ने परिपार्टीको शुरुवात भएको छ ।आम जनताको आधारमा काम कार्वाही अघि बढाउन जरुरी छ ।


    पश्चिम रुकुममा पुराना पाका कमरेडहरुले पालो मिलाएर सत्तामा जाने शैलिको विकास भएको छ भने सत्तामा गएका कमरेडहरुले पार्टीको आदेश विना कुनै पनि काम गर्नु हुन्न ? त भन्दा म सिनिएर हुँ भन्ने प्रथाको अन्त भएको छ । साधारण जिम्मेवारीमा रहेका कमरेडहरु सन्तुष्ट हुनुहुन्छ । हामीले त्यो पाठ सिक्नु पर्ने छ ।
    –गएको आठौं महाधिवेशनमा अध्यक्ष कमरेड प्रचण्डले उत्पादनमा विशेष जोड दिने भन्नु भएको थियो ? कालीकोटका युवालाई के उत्पादनको जिम्मेवारी दिनु हुन्छ त?
    हो पक्कै पनि हामीले कालीकोटका युवा तथा किसानहरुलाई विभिन्न रोजगार मुलक कामलाई अघि बढाउन समुह तथा सहकारीका माध्यमबाट अघि बढ्ने सोच लिएका छौं । हामीले कालीकोटको एक सफल सहकारी संस्था हिमचुलि कृषि सहकारीले गरेको नमुना कामले नयाँ सन्देश दिएको छ । हामीले पछिल्लो समयमा स्थानिय सरकार संगको साझेदारीमा दलित,युवा लक्षित कार्यक्रमलाई उत्पादनमा जोडर आत्मनिर्भरका काम कार्वाही अघि बढाउने सोच लिएका छौं ।

    व्यापक मात्रामा सहकारीहरु गठन गर्ने कृषि उत्पादन र बजारीकरणका माध्यमबाट आर्थिक सम्बृद्धि ल्याउने हो । जिल्लामा ३ करोड बढि घाईते अपांगहरुको क्षेत्रमा बजेट आएको छ । त्यसलाई व्यवसायिकरण गर्नु पर्ने देखिन्छ । जलविद्युत,उपभोग्य वस्तुको भण्डारण तथा बजारीकरणका लागि युवा शक्ति परिचालन गर्ने तयारी गरेका छौं । श्रम सहकारी मार्फत व्यवसाय प्रवद्धनमा विशेष प्राथमिकतामा राखेका छौं । त्यसै गरी पर्यटन प्रवद्धनका लागि होम स्टे लगाएतका क्रियाकलापहरु अघि बढाउने तयारी छ ।दलित लक्षित कार्यक्रम छ त्यसलाई पनि परिचालन गरेर अघि बढेर सहकारी आन्दोलनले मात्र सम्भावना भएकाले उत्पादनको क्षेत्रमा आत्मनिर्भर गर्ने हो ।
    –अबको युवा परिचालनका सन्दर्भमा के हुन्छ ? कयौं युवा विदेशिन थालेका छन भने अधिकांस युवाहरु नेताका पछि लाग्नु हुन्न भन्नेमा छन ? यसलाई कसरी आत्मनिर्भर गर्ने विधि के छ र बेरोजगार न्युनिकरण कसरी गर्नु हुन्छ ?
    हो पछिल्लो युथ जेनेरेशन भनेको सुचना प्रविधि संग रमाउने फोर्स आइसकेको छ । यसलाई हामीले बेरोजगार बनाएर नारा जुलुसमा मात्र सहभागि बनाउने होइन की त्यसलाई स्वरोजगार,रोजगार तथा उत्पादनका क्षेत्रमा काम गरेर आत्मनिर्भर बनाउन सरकार तथा अन्य निकायहरु संगको साझेदार मार्फत अघि बढ्ने हो ।

    हामीले युवालाई विदेशमा होइन की स्वदेशमा आत्मनिर्भर हुने गरी व्यवसाय पवद्धनमा जोड दिने र सरकारले ठुला उद्योग कलकारखानाह संचालन गर्ने कन्सेप्ट ल्याउने गरी सबैले सहयोग गरेमा विदेश होइन स्वदेशमा रोजगारीको सृष्टि गर्न सकिन्छ । हामीले खाडीमा बगाउने पसिनाले नेपालमा सम्भावना छ ।


    जलविद्युत,उपभोग्य वस्तुको भण्डारण तथा बजारीकरणका लागि युवा शक्ति परिचालन गर्ने तयारी गरेका छौं । श्रम सहकारी मार्फत व्यवसाय प्रवद्धनमा विशेष प्राथमिकतामा राखेका छौं । त्यसै गरी पर्यटन प्रवद्धनका लागि होम स्टे लगाएतका क्रियाकलापहरु अघि बढाउने तयारी छ ।


    हाम्रो देशबाट बैदेशकि रोजगारका नाममा कयौं रकम कमाई गरेर जानेहरु पनि धेरै छन । हामी सुनको सिरानिमा सुतेर नुनको जोहो गर्ने होइन । अबको स्थानिय सरकार समाजवाद उन्मुख स्थानिय सरकार भनेका छौं यसले आथिर्क सम्बृद्धि र आत्मनिर्भरताका लागि व्यवसाय गर्नु सबैको दायित्व हो । आ आफ्नो तह र तप्काबाट सहयोग गरौं । सबै नेपालि स्वरोजगार र आत्मनिर्भर हुने पक्का छ । त्यो सपना पुरा केवल माओवादीले मात्र गर्ने हो ।
    –आउदो स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले कालीकोटका ९ वटै स्थानिय तहमा जित हुन्छ त ?
    हो हामी लगातार कालीकोट जिल्लामा २०६४ सालको संविधान सभाको निर्वाचन देखि निरन्तर रुपमा विजयि भएकाले सबैमा माओवादी केन्द्रलाई पराजित गर्ने मनसाय रहेको देखिएको पनि केन्द्रिय सत्ता गनठबन्धनका कारण गठबन्धन तथा एकता र सहकार्य गरेर जानु पर्ने हुन सक्छ ।

    कालीकोट जिल्लामा पहिले हामीमा केही अपरिपक्व र अनुभवको कमिले पराजित भएका हौं । अहिले हामी एकल भिड्ने हो भने पनि सबै पालिकाहरुमा माओवादी केन्द्रको जित सुनिश्चित रहेको छ । हामी अहिलेको अवस्थामा सहकार्य सहमति मार्फत अघि बढ्ने हो । पार्टीले गरेको निर्देशनमा हामीहरु स्थानिय तहमा गठजोड दिने लिने आपसि समझदारीमा हुन्छ । हामी त्यसका लागि तयार छौं ।स्थानिय सरकार मार्फत समाजवाद उन्मुख हुने गरेर काम गर्ने हो । समाजवाद उन्मुख कार्यदिशा भनेको माओवादी बाहेक अरु कुनै पनि पार्टी संग छैन ।
    धन्यवाद

    प्रतिकृया दिनुहोस्