Skip

News Portal

  • कवड्डी प्रतियोगितामा पुरुष तर्फ पलाता प्रथम

    कर्नालीसंचार संवाददाता१७ अषाढ
    २५७ पटक
    १७ अषाढ

    कालीकोट ।  मान्ममा संचालन भएको कबड्डी प्रतियोगितामा पलाता प्रथम स्थान ल्याएको छ । शनिबार शुरु भएको उक्त प्रतियोगितामा पुरुष तर्फ पलाता प्रथम भएको छ भने खाँडाचक्र दोस्रो स्थान ल्याउन सफल भएको छ ।

    त्यसै गरी  महिला तर्फको कवड्डी प्रतियोगितामा खाँडाचक्र प्रथम भएको छ भने पलाताले  महिला तर्फ  कवड्डी मा दोस्रो स्थान ल्याएको आयोजक संस्था कवडडी संघ, कालीकोटले जनाएको छ ।

    पहिलो पटक जिल्ला स्तरीय कबड्डी प्रतियोगितामा जिल्ला भरका खेलाडी सहभागी भएका थिए।

    प्रथम र दोस्रो तथा स्थान ल्याउन सफल खेलाडीलाई कालीकोट उद्योग वाणिज्य संघ का अध्यक्ष रतन बहादुर शाहीले मेडेल सहित प्रमाण पत्र हस्तान्तरण गरेका छन। मेडल प्राप्त गर्दै पलाता अध्यक्ष विष्णु रोकायाले खुशी व्याक्त गर्दै खेलाडीलाई धन्यावाद दिएको सहकर्मी धन बहादुर शार्कीले जानकारी दिएका छन।

    प्रतिकृया दिनुहोस्