Skip

News Portal

  • रांचुलि पहिरोका १३ जना मृतकको नाममा स्मृति कप शुरु

    रुपेन्द्र ऐडी९ कात्तिक
    २८४ पटक
    ९ कात्तिक

    बांके। गएको वर्ष बाढी पहिरोबाट ज्यान गुमाएका १३ जनाको सम्झनामा प्रथम स्मृति कप (भलिबल) शुरु भएको छ । तिलागुफा नगरपालिकाको वडा नम्बर ४का वडा अध्यक्ष सहित १३ जनाको बाढीका कारण २०७९ साल असोजमा रांचुलि खोलाले बगाएर बेपत्ता भएका थिए ।

    लगातार ६ दिन सम्म आएको अविरल बर्षाले वडा अध्यक्ष परबहादुर शाही सहित १३ जनाको ज्यान गएको थियो ।मृतक १३ जनाको सम्झनामा वडा नम्बर ४ रांचुलिमा स्मृति कप शुरु भएको हो ।तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाही,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाही लगाएतका सरोकारवालाको उपस्थितिमा खेलकुद शुरु भएको बताइएको छ । उक्त खेलकुदमा ११ वटा टिमको सहभागिता रहेको खेलमा सहभागि सहकर्मि अनिपाल ऐडीले बताएका छन ।

    खेलकुद उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले गएको वर्ष तिलागुफाका लागि ठुलो क्षति भएको बताउदै मृतक सबै प्रति सम्झना गर्दै वहाँहरुको सम्झनामा खेलकुदको आयोजना गरिएको बताएका छन । सो कार्यक्रम वडा नम्बर ४का कार्यवाहक अध्यक्ष तिर्थ बहादुर शाहीको अध्यक्षतामा शुरु भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्