Skip

News Portal

  • यो बेला हामीले अवसर नपाउदा पार्टीलाई मात्र नभई सिंगो जनता माथि असर पर्छ-दयाराम सिमखाडा(अन्तरवार्ता)

    रुपेन्द्र ऐडी१९ पौष
    ११९८ पटक
    १९ पौष

    नेपालमा कम्युनिष्ट पार्टीहरु स्थापना टुटफुट तथा विभाजन हुने प्रक्रिया एक पछि अर्काे विकास क्रममा चलिरहेको छ । अहिले नेकपा(एमाले) विभाजन भएर एकिकृत समाजवादी बनेको छ । नेकपा(एमाले)ले राष्ट्रिय महाधिवेशन पछि जिल्ला अधिबेशन र प्रदेश अधिबेसन गर्दै छ । सोही सिल सिलामा नेकपा(एमाले)कालीकोट जिल्लाको १० औ जिल्ला अधिबेशनमा जिल्ला अध्यक्षका आकांक्षि मानिएका रास्कोटका नेता दयाराम सिमखाडा संग कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले गरेको संक्षिप्त कुराकानि :

    -तपाइलाई अग्रिम शुभकामना सहित कर्नालि संचारबाट हार्दिक स्वागत छ
    धन्यवाद
    – तपाई नेकपा(एमाले)कालीकोट आसन्न १० औं जिल्ला अधिबेशनमा जिल्ला अध्यक्षको उम्मेद्धारी घोषणा गर्नु भएको छ के सम्भव होला ?
    पक्कै पनि सम्भव छ । किन की विगत लामो समय देखि नेकपा(एमाले) कालीकोटमा आवद्ध भएर विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको र अहिले पार्टीका साथै सरकारको समेत कुशलतला पूर्वक जिम्मेवारी बहन गरेको छु । पार्टीले लिएका नितिलाई अंगिकार गर्ने मेरो पहिलो प्राथमिकता हो ।अहिले भएका विकृति विसंगतिका विरुद्ध बोल्ने पार्टी भित्र नेतृत्व चाहिएको छ ।पार्टी भित्र अराजकता मौलाएको छ ।हामी सम्बृद्धिको नारा अघि बढाउछौं सम्बृद्धि छाएको छैन ।सम्बृद्धि छाउनका लागि असल नेतृत्व चाहिन्छ । नेकपा(एमाले)लाई राम्रो बनाउन,जनताको पार्टी बनाउन तमाम समस्या आएका छन ति समस्याको अन्त गर्न मैले उम्मेद्धारी दिएको हो ।


    तत्कालिन समयमा पारिवारिक रुपमा बुवाहरु राप्रपा भन्ने सोही अनुसार छाप परेको थियो कम्युनष्टि के हुन र के गर्छन भन्ने थाहा थिएन । डाक्टर नन्द बहादुर सिंहको प्रेरणाबाट म अघि बढे राजनैतिक नजानेको अवस्थामा विद्यार्थि सांस्कृतिक जहाँ भएपनि संगठित भएर अघि बढ्न अनुरोध गरेपछि म राजनैतिकमा आकर्षित हुन थालेको हुं ।


    त्यसका लागि सबै पार्टी पंक्तिका नेता तथा प्रतिनिधि,मिडिया कर्मि लगाएत सबैको साथ हुने छ ।त्यसका लागि म हार्दिक अनुरोध गर्न चाहान्छु शुभ चिन्तकहरुले दयाराम जस्तो सक्षम लिडर नेकपा(एमाले)लाई हांक्ने सक्ने क्षमता भएको व्यक्ति नेतृत्वमा पुग्दा राम्रो हुने आशा लिएका छन ।
    -होइन तपाई यस अघि भएको राष्ट्रिय महाधिवेशनमा समेत प्रतिनिधिमा पछाडी पारिएको छ । आउने दिनमा पार्टीको नेतृत्व लिने त भन्नु भयो कतै अहिले बार्गनिङ मात्र गर्न खोजेको होइन ?
    होइन म विधि,निति संगत चल्ने माक्सवादी कार्यक्रता हुनाले महाधिवेशनमा जाने कुरा मात्र प्रमुख थिएन ।सबैलाई सर्वसम्मत बनाउनका लागि मैले पहल गरेको थिए । महाधिवेशनमा नजाने वित्तिकै जिल्ला अध्यक्ष हुन नपाउने भएन । अहिले सहमति सहकार्य मार्फत नेतृत्व चयनमा आउने बहस पनि भएको छ ।

    कुन पदमा कस्को जिम्मेवारी हंदा पार्टी अघि बढ्छ सो विषयमा पनि छलफल जारी रहेको छ


    मलाई साथिहरुले अध्यक्ष बनाएपछि सामाजिक क्षेत्रमा पनि थुप्रै पार्टीका नेता साथिहरु संग सहमति सहकार्य गरेर जनतालाई माथि उठाउन गरेर काम गर्ने,पार्टीका योजना तथा नितिलाई जनतामा हु बहु कार्यन्वयन गर्ने,माक्सवादको आधारमा बहुदलिय जनवादलाई गोलमोटलका आधारमा अघि बढाउने अवस्था देखिएकाले त्यस्ता खालका समस्यालाई सच्याउनका लागि पनि पहल गर्ने छु ।लामो समय अवसर नपाएका पाका नेता तथा कार्यक्रतालाई जिम्मेवारीमा पुगाउने छु ।


    यो बेला हामीले अवसर नपाउदा खेरी पार्टीलाई मात्र नभई सिंगो जनता माथि असर पर्छ । जनताको पक्षमा काम गर्छु,अभियान चलाउने भनेर अघि बढ्न तयार छु ।जहिले पनि अरुलाई मात्र सहयाग गर्दै आउनु पर्ने अवस्था रहदैन मलाई सहमति दिनु पर्छ भनेर पार्टी भित्र कुरा राखेको छु । सायद मलाई सबै आकांक्षि साथिहरुले साथ दिनु हुने छ भन्ने आशामा रहेको छु ।
    -यदि सहमति भएन भने तपाई भिड्ने तयारीमा हुनुहुन्छ त ?
    अत्यन्तै अत्यन्तै ।किन भन्दा खेरी पार्टी राम्रो बनाउनका लागि पार्टी नेता कार्यक्रता मात्र नभइ अन्तर पार्टी,मिडियाकर्मि तथा बाह्य सम्बन्ध राम्रो बनाउनको लागि सहानुभुति पाएको छु । यस्तो नेतृत्व पाउदा सबै संगको सहकार्य समन्वय राम्रो हुन्छ भन्ने ग्रामिण स्तरका कार्यक्रताहरुमा परेको छ ।पार्टी अध्यक्षका लागि मलाई अवसर दिनु हुने छ भन्ने आशावादीमा रहेको छु । मेरा सहकर्मि तथा अग्रज साथिहरुले थुप्रै अवसर पाइसक्नु भएको छ ।त्यसैले नेकपा(एमाले) कालीकोटको १० जिल्ला अधिबेशनमा म पछि नहट्ने कुरा सबै जिम्मेवारी साथिहरु संग कुरा राखेको छु ।
    -जिल्ला अध्यक्षको उम्मेद्धारी घोषणा गरिरहदा पार्टी कार्यक्रता र जनतालाई ढुक्कता हुने के के एजेण्डा अघि सार्नु भएको छ त ?
    म विगत स्कुले अवस्था देखि नेकपा(एमाले)को विभिन्न भातृ संगठनको जिम्मा हुंदै पार्टीको जिम्मेवारीमा रहेर काम गरियो ।त्यस मध्ये नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)को पार्टी एकिकरणको समयमा रास्कोटको पार्टी सचिव हुंदै पार्टी पुन गठन भएपछि म रास्कोटको नेकपा(एमाले)को इन्चार्जसिपमा रहेर काम गर्दै आएको छु मेरा एजेण्डा भनेका धेरै छैनन। म दुई तिन वटा एजेण्डा लिएर पार्टी कार्यक्रता र जनता जान्छु । कुरा धेरै गर्ने तर व्यवहारमा फरक गर्ने मेरो मनसाया छैन ।

    मलाई साथिहरुले अध्यक्ष बनाएपछि सामाजिक क्षेत्रमा पनि थुप्रै पार्टीका नेता साथिहरु संग सहमति सहकार्य गरेर जनतालाई माथि उठाउन काम गर्ने,पार्टीका योजना तथा नितिलाई जनतामा हु बहु कार्यन्वयन गर्ने, बहुदलिय जनवादलाई गोलमोटलका आधारमा अघि बढाउने अवस्था देखिएकाले त्यस्ता खालका समस्यालाई सच्याउनका लागि पनि पहल गर्ने छु ।लामो समय अवसर नपाएका पाका नेता तथा कार्यक्रतालाई जिम्मेवारीमा पुगाउने छु ।

    विकास निर्माणको हकमा जनता संगै सहि ढंगले अघि बढाएर जनप्रिय पार्टी बनाउनुका साथै पार्टी विभाजनमा लागेर एकिकृत समाजवादीमा गएका थुप्रो साथिहरुलाई घर फर्काउने अभियानमा कटिबद्ध भएर अघि बढ्ने योजना बनाएको छु ।


    जिल्लाभरका साथिले दयाराम सिमखाडा नेतृत्वमा आउदा साझा नेतृत्व हुन्छ भन्नेमा छन । सबैले सहयोग गर्ने विश्वस्त छु । नेकपा(एमाले) कालीकोटको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा  मेरो सम्भावना ८०/८५ प्रतिशत ढुक्क छु ।


    जुन पार्टीको निति, विधि र पद्धति एकै हुंदा हुंदै व्यक्तिका कारण अलग हुनु परेको छ त्यसलाई न्युनिकरण गरे एकतामा जोड दिने हो । रास्कोट लगाएत कालीकोट जिल्ला अघि बढाउन एमालेको सक्षम नेतृत्व आउनै पर्छ त्यसका लागि मैले सारेका एजेण्डाहरु जनताका पक्षमा छन । पक्कै पनि यहिलाई आधार बनाउन जनता र पार्टी कार्यक्रतामा जान्छु ।अन्य पार्टीले सर्वसम्मत स्विकार गर्ने खालको नेतृत्वमा आउन जरुरी छ खालि एउटा बेल्ट,पारिवारिकवादको घेराबाट माथि नउठ्ने परिपार्टी छ त्यसको अन्त गर्नको लागि मेरो उम्मेद्धारी हो ।
    तपाई कति ढुक्क हुनुहुन्छ जिल्ला अध्यक्षमा मेरो जित निश्चित छ भन्ने ?
    म आफ्नो ढुक्कताको कुरा गर्नु हुन्छ भने जिल्ला भर नौ वटै पालिकामा जहाँ जहाँ पार्टीका खम्बा कार्यक्रताहरु हुनुहुन्छ जुन पार्टीलाई यहाँ सम्म ल्याउनु भएको छ शिक्षक,व्यापारी साथिहरु बस्नु भएको छ । पार्टीलाई अघि बढाउन साझा नेतृत्वका हिसावले दयाराम सिमखाडा जस्तो सक्षम नेतृत्व आउनु पर्छ भन्नेमा छ । मेरो भरोसा सबैले गरेका छन । म जति ठाउँमा काम गरेको छु सबै ठाउँमा सफलता हांसिल गरेको कार्यक्रता हुं भन्ने लाग्छ ।

    मैले विगतमा विद्यार्थि संगठनमा काम गरे,मदन भण्डारी फाउण्डसेनको सचिवमा पनि काम गरे,युवा संघको जिम्मेवारी लिए त्यसका साथै रास्कोट नगरकमिटिको सचिवको जिम्मेवारी हुंदै अहिले नेकपा(एमाले) कालीकोटको सचिवालय सदस्य र रास्कोटको इन्चार्जको जिम्मेवारीमा छु ।त्यति मात्र नभई रास्कोट नगर सरकारको जिम्मेवारीमा रहेर काम गरेको छु ।

    सबै ठाउँमा त्यस्तो समस्या कतै देखिएको छैन ।मैले कालीकोट अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हंदा पनि सिंगो कालीकोट र नेकपा(एमाले)को शिर उचो राख्नका लागि काम गरेको छु । त्यसबाट म सम्मानित पनि भएको थिए । जिल्लाभरका साथिले दयाराम सिमखाडा नेतृत्वमा आउदा साझा नेतृत्व हुन्छ भन्नेमा छन । सबैले सहयोग गर्ने विश्वस्त छु । मेरो सम्भावना ८०/८५ प्रतिशत बढेको छ ।


    कुन पदमा कस्को जिम्मेवारी हंदा पार्टी अघि बढ्छ सो विषयमा पनि छलफल जारी रहेको छ ।यो बेला हामीले अवसर नपाउदा खेरी पार्टीलाई मात्र नभई सिंगो जनता माथि असर पर्छ । जनताको पक्षमा काम गर्छु,अभियान चलाउने भनेर अघि बढ्न तयार छ ।जहिले पनि अरुलाई मात्र सहयाग गर्दै आउनु पर्ने अवस्था रहदैन मलाई सहमति दिनु पर्छ भनेर पार्टी भित्र कुरा राखेको छु । सायद मलाई सबै आकाक्षि साथिहरुले साथ दिनु हुने छ भन्ने आशामा रहेको छु ।


    -तपाई कम्युनिष्ट प्रति के पाटोमा प्रभावित भएर कहिले देखि आवद्ध हुनु भयो ?
    म विद्यार्थि कालमा २०४६ मा बहुदल प्राप्त भएपछि पहिलो पटक नेकपा(माले) भएर डाक्टर नन्द बहादुर सिंह रास्कोट आउदा भेट भएको थियो । वहाँले कम्युनिष्टका आचरण,व्यवहार र सिद्धान्तका कुरा गर्नु भएको थियो ।पार्टी देशमा थुप्रै पार्टी मध्येको माले भिन्न पार्टी हो भनेर भन्नु भयो ।

    त्यो बेला राधिका शाही लगाएतका सांस्कृतिक मंचका साथिहरु आउनु भएको थियो ।मैले शुरुमा कम्युनिष्टमा लाग्नु पर्छ भन्ने मनमा इच्छा जाग्यो ।तत्कालिन समयमा पारिवारिक रुपमा बुवाहरु राप्रपा भन्ने सोही अनुसार छाप परेको थियो कम्युनष्टि के हुन र के गर्छन भन्ने थाहा थिएन । डाक्टर नन्द बहादुर सिंहको प्रेरणाबाट म अघि बढे राजनैतिक नजानेको अवस्थामा विद्यार्थि सांस्कृतिक जहाँ भएपनि संगठित भएर अघि बढ्न अनुरोध गरेपछि म राजनैतिकमा आकर्षित हुन थालेको हुं ।

    त्यस पछि प्रेम बहादुर सिंह राष्ट्रिय सभाको माननिय भएर आउनु भएको थियो थप कुरा बुझेर नेकपा(एमाले)मा लाग्ने अवसर मिल्यो । जुन समयमा नेपालि सर्वहारा जनताको पार्टी,दलितको पाटी हो एमाले भन्ने कुरा जानकारी पाएपछि सोही प्रेरणाले एमालेमा कटिबद्ध हुंदै थुप्रै जिम्मेवारी पुरा गरेको छु भोलिका दिनमा पनि एमालेका निति सिद्धान्तहरुलाई अघि बढाउन निरन्तर लाग्ने छु ।
    तपाई स्थानिय सरकारमा सहभागि हुंदा के के नमुना काम गर्नु भयो ? के छ उदाहरणिय कामहरु ?
    हामीले सरकारमा रहंदा थुप्रै नमुना काम गरेका छौं । पहिलो कुरा शिक्षा,स्वस्थ्य दयनिय अवस्थामा गुज्रेको थियो ।तिनिहरुको स्तरबृद्धि गर्नुका साथै भौतिक संरचनाहरुको निर्माण भएका छन। कयौं वस्तिमा पञ्चायतकालिन अवस्था देखि खानेपानिका धारा,बाटा नभएको अवस्था थियो ।


    पार्टी अध्यक्षका लागि मलाई अवसर दिनु हुने छ भन्ने आशावादीमा रहेको छु । मेरा सहकर्मि तथा अग्रज साथिहरुले थुप्रै अवसर पाइसक्नु भएको छ ।त्यसैले नेकपा(एमाले) कालीकोटको १० जिल्ला अधिबेशनमा म पछि नहट्ने कुरा सबै जिम्मेवारी साथिहरु संग कुरा राखेको छु ।


    गाउँ गाउँमा मात्र नभई टोल टोलमा सडक,घर घरमा धारा निर्माण भएका छन । सामाजिक चेतनामुलक कामहरु भएका छन । हामी पनि सिक्ने क्रममा थियौं । सबै क्षेत्रमा नमुना काम गरेका छौं । म एमालेको कार्यक्रताका हिसावले रास्कोटका पछि परेका समुदायहरुको आय आर्जन देखि थुप्रै काम गर्न सफल भएका छौ । धन्यवाद

    प्रतिकृया दिनुहोस्