Skip

News Portal

  • शैक्षिक संस्था संचालनका लागि कोभिड विरुद्ध प्रतिकार्य योजना बनाउदै छौं — शिक्षा इकाइ प्रमुख देवकोटा

    महेश देवकोटा
    ८७३ पटक

    कोरोना महामारीका कारण थला परेको शैक्षिक क्षेत्रमा खस्किदो अवस्था सृजना भएको छ । यति बेला सरकारले निति बनाएर अषाढ १ गते देखि शैक्षिक शत्र शुरु गरेर पठन पाठनमा जोड दिएको छ । यहि परिपेक्षमा कालीकोटमा शैक्षिक क्षेत्रले के कस्ता प्रभाव पारेको छ र पठन पाठनका लागि जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटले के पहल गरेको छ । सो का बारेमा कालीकोट जिल्लाका शिक्षा इकाइ प्रमुख महेश देवकोटा संग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको अन्तरवार्ताको सारसक्षिप्त कुराकानि :
    कर्नालि संचारमा यहाँलाई स्वागत संगै हार्दिक नमस्कार
    धन्यवाद
    अहिले शैक्षिक शत्र अषाढ देखि शुरु हुंदै छ अहिले सम्म पाठ्यपुस्तक पुगेका छैनन । पठन पाठन हुने सम्भावना के कति देख्नु हुन्छ ?
    हो शैक्षिक शत्र अषाढ १ गते शुरु गर्ने सरकारले भनेको छ । तर केही पनि व्यवस्थापन गरेको छैन । यसको विचमा सरकार परिवर्तनले पनि असर पार्यो । नियममा पनि त्यो व्यवस्था गरेको छ । पहिल कर्नालिका विद्यालयहरुका लागि छुट्टै पाठ्यपुस्तक तयार हुन्थ्यो त्यो सजिलो थियो तर अहिले देशभरमा एकै पटक हुने भएकाले पाठ्यपुस्तकले समस्या निम्त्याउने सम्भावना छ । अषाढ महिनामा भर्ना लिने, पाठ्यपुस्तकको व्यवस्थापन गर्ने हुन सक्छ पठन पाठन भने हुंदैन । कोरोना महामारीको अवस्था के कस्तो हुने हो सबै प्रक्रिया मिलाउन एक महिना लाग्छ होला ।
    यदि पठन पाठन शुरु भयो भने कस्तो प्रक्रियाबाट हुन्छ ?भौतिक उपस्थिति मार्फत आलोपालो या बैकल्पिक माध्यमबाट पढाई हुन्छ त ?
    हो तत्काल भौतिक उपस्थितिमा पठन पाठन हुने सम्भावना कमै देखिन्छ । बैकल्पिक उपाय अपनाएर अध्ययनको काम थालनि गर्ने हो ।बैकल्पिक माध्यमबाट ४,५ वटा माध्यमहरु छन ति विधि मार्फत अघि बढ्न सकिन्छ ।


    हामिले कोभिड विपद तथा पुर्व तयारी प्रतिकार्य योजना बनाएका छौं । गत वर्ष बनाएका हौं ।अहिले डाटा अपडेट गर्दै छौं । यसले कोभिड महामारीका समयमा शिक्षण सिकाईलाई कसरी सुचारु गर्ने, कसरी अघि बढ्न के गर्ने हो ।अनि कोभिड महामारीका रुपमा फैलिएको छ त्यसबाट बालवालिकाहरुमा पर्ने असर र पुगाउनु पर्ने सतर्कता अपनाउन के कसरी गर्ने हो सोको बारेमा योजना बनाउने हो ।


    पहिलो कुरा टोल शिक्षा प्रदान गर्ने शिक्षकहरु परिचालन गर्ने घरमा सन्दर्भ सामाग्रिहरु दिने र गृहकार्य गर्न लगाउन,रेडियोबाट अध्ययन गर्न हामी कहां प्रवल सम्भावना छ,टेलिभिजन मार्फत पनि अध्ययन गर्न लगाउने र नेट इन्टरनेट भएको ठाउँमा अनलाइन कक्षा संचालन गर्ने पनि हो कहां के सम्भावना छ त्यहि विधि अपनाउने तयारीमा छौं ।
    पछिल्लो समयमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थिको संख्या बढेकै हो त ?
    हो पक्कै पनि सामुदायिक विद्यालयमा संख्या बढेको कोभिड महामारकिा कारण होस या अन्य कारण होस । सामुदायिक विद्यलायमा अध्ययन गर्ने विद्यार्थिको संख्या पक्कै पनि बढेको छ ।


    जिल्ला भर सामुदायिक विद्यालयको संख्या २ सय ९४बाट झरेर २८७ पुगेको छ । नरहरिनाथ गाउँ पालिका,शुभकालिका गाउँ पालिका र रास्कोट नगरपालिकामा मर्जरको निति अनुसार संख्या घटेको हो । अन्य स्थानिय तहहरुले मर्जरको निति लिएका छन ।


    विगत वर्षको आंकडा अनुसार २०७६ सालमा जिल्ला भर ५४ हजार छात्रा छात्र रहेकोमा २०७७ मा आउदा त्यो संख्या बढेर करिव ५९ हजार पुगेको छ । त्यो बृद्धि दर हेर्ने हो भने ९ प्रतिशत बढेको हो । यस शैक्षिक शत्रमा अझै बढ्ने सम्भावना रहेको छ ।
    शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्न के के रणनितिहरु बनाउनु भएको छ ?
    अहिले शैक्षिक क्षेत्रको गुणस्तर भन्दा पनि शैक्षिक संस्था के कसरी संचालन गर्ने र शिक्षण सिकाई कसरी गर्ने भन्ने बारेमा हामी लागि परेका छौं । जिल्लामा शैक्षिक संस्थाहरुको संचालन,बैकल्पिक माध्यम के के हुन सक्छन भन्ने विषयमा गाउँ पालिकाका शिक्षा शाखा प्रमुख,सरोकारवाला निकायहरु युनिसेफ लगाएतका शैक्षिक क्षेत्रमा काम गर्ने पक्षहरु संग जुम मिटिङ्ग राखेर छलफल गर्दै छौं । हामिले कोभिड विपद तथा पुर्व तयारी प्रतिकार्य योजना बनाएका छौं । गत वर्ष बनाएका हौं ।


    तत्काल भौतिक उपस्थितिमा पठन पाठन हुने सम्भावना कमै देखिन्छ । बैकल्पिक उपाय अपनाएर अध्ययनको काम थालनि गर्ने हो । बैकल्पिक माध्यमबाट ४,५ वटा माध्यमहरु छन ति विधि मार्फत अघि बढ्न सकिन्छ ।


    अहिले डाटा अपडेट गर्दै छौं । यसले कोभिड महामारीका समयमा शिक्षण सिकाईलाई कसरी सुचारु गर्ने, कसरी अघि बढ्न के गर्ने हो ।अनि कोभिड महामारीका रुपमा फैलिएको छ त्यसबाट बालवालिकाहरुमा पर्ने असर र पुगाउनु पर्ने सतर्कता अपनाउन के कसरी गर्ने हो सोको बारेमा योजना बनाउने हो ।
    कालीकोट जिल्लामा शैक्षिक संस्थाहरुको अवस्थाका बारेमा के कस्तो छ ?
    कालीकोट जिल्ला भर सामुदायिक विद्यालयको संख्या २ सय ९४बाट झरेर २८७ पुगेको छ । नरहरिनाथ गाउँ पालिका,शुभकालिका गाउँ पालिका र रास्कोट नगरपालिकामा मर्जरको निति अनुसार संख्या घटेको हो । अन्य स्थानिय तहहरुले मर्जरको निति लिएका छन ।यसबाट पनि शैक्षिक संस्थाहरु मात्रात्मक भन्दा पनि गुणात्मक हुनु पर्छ भन्ने सन्देश दिएको छ ।

    प्रतिकृया दिनुहोस्